नेपालगन्जः वीरगन्जमा एकजना कोरोना संक्रमित फेला परेका छन् ।
केही दिनअघि खोकी र ज्वरो आएपछि उनलाई उपचारका लागि भारतको पटना लगिएको थियो ।
त्यहाँ उनको चेकजाँचका क्रममा कोरोना पुष्टि भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।
‘संक्रमित व्यक्ति अहिले पर्सामा होइन, पटनामा आइसोलेसनमा राखिएको छ,’ बस्नेतले भने, ‘उनी पर्साबाटै गएकाले उनको परिवारमा पनि संक्रमण फैलिएको आशंकामा आइसोलेसनमा राख्नेबारेमा छलफल भइरहेको छ ।’
ती व्यक्तिबाहेक अरुमा संक्रमणको पुष्टि नभएको उनले जानकारी दिए । स्रोतका अनुसार कोरोनाको आशंका गरिएपछि ती बिरामीलाई पर्साको कुनै पनि अस्पतालले लिन मानेका थिएनन् ।
त्यसपछि उनलाई उपचारका लागि पटना लगिएको थियो । कोरोना संक्रमित भएको पुष्टि पनि परिवारले नै गरेका थिए । -बाह्रखरीबाट
रोल्पाको थबाङमा पहिराे- १० जनाको शव भेटियो, तीनजना अझै वेपत्ता
राज्यको मुद्दा र पार्टी विभाजनको दोसाँधमा नेपाल फर्किए देउवा
प्रवासका नेपाली पत्रकार र व्यवसायीबीच क्यानडामा छलफल
पत्रकार किशाेर श्रेष्ठ पक्राउ
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?
नेपालगन्जका वडा अध्यक्ष र सचिवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा