नेपालगन्जः कोरोना भाइरस (कोभिड १९) को संक्रमण भएको आशंकामा एक नेपाली पटना मेडिकल कलेज, बिहारमा भर्ना भएका छन् । तर, उनलाई कोरोना संक्रमण भएको पुष्टि भइनसकेको पटना मेडिकल कलेज, बिहारका प्रिन्सिपल प्राचार्य डाक्टर विद्यापति चौधरीले जानकारी दिए ।
‘उनको उपचार जारी छ, केही रिपोर्ट आउन बाँकी नै छ’, चौधरीले टेलिफोन कुराकानीमा भने, ‘हामीले उनको रिपोर्ट नेशनल इस्टिच्यूट अफ मेडिकल साइन्स, पुनेमा पठाएका छौं ।’
वीरगञ्जका उनी केही दिनअघि अस्पतालमा भर्ना भएका थिए । उनको विस्तृत रिपोर्ट आउन दुई–तीन दिन लाग्ने उनले बताए । उनले थपे, ‘त्यसपछि मात्रै विस्तृतमा भन्न सकिन्छ ।’
भारतीय टेलिभिजन च्यानलहरुले उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको दाबी गरेका छन् भने पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले पनि परिवारबाट त्यस्तै खबर आएको बताएका थिए ।-अनलाईनखबरबाट
यो पनि पढ्नुहोस
रोल्पाको थबाङमा पहिराे- १० जनाको शव भेटियो, तीनजना अझै वेपत्ता
राज्यको मुद्दा र पार्टी विभाजनको दोसाँधमा नेपाल फर्किए देउवा
प्रवासका नेपाली पत्रकार र व्यवसायीबीच क्यानडामा छलफल
पत्रकार किशाेर श्रेष्ठ पक्राउ
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?
नेपालगन्जका वडा अध्यक्ष र सचिवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा