नेपालगन्ज: कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य कार्यालय बाँकेले जिल्लामा उच्च सर्तकता अपनाएकोछ ।
जिल्लाका ८ वटै पालिकाका हेल्थ डेस्क राखेर स्वास्थ्य जाँच भइरहेकोछ । शंका लागेका ब्यक्तिहरुलाई तत्काल भेरी अस्पताल रिफर गरिरहेको जन स्वास्थ्य अधिकृत राम बहादुर चन्द बताउँछन् ।
उनका अनुसार बाँके जिल्लाका स्थानीय तहस्तरमा कोभिड–१९ रिपोटिङसंग सम्बन्धित ब्यक्तिहरुलाई तोकिएको छ । कोरोना भाइरस सम्बन्धि केही जानकारी लिन सम्बन्धित पालिकामा रहेका फोकल पर्शनसंग समन्वय गर्न जनस्वास्थ्य अधिकृत रामबहादुर चन्दले आग्रह गरे ।
बाँके जिल्लामा पालिका स्तरमा खटिएका कोभिड–१९ फोकल पर्शनको विवरण यसप्रकार छ ।
