नेपालगन्जमा कोरोना परीक्षण


नेपालगन्जमा कोरोना परीक्षण

नेपालगन्ज: विश्वब्यापी महामारी बनेको कोभिड–१९ को अब नेपालगन्जमा परीक्षण हुने भएकोछ । सरकारले नेपालगन्जमा रहेको भेरी अस्पतालको प्रयोगशालामा कोभिड–१९ को परीक्षण सुरु गर्ने तयारी गरेको हो ।

यो सगैं सरकारले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान–धरान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान–पोखरामा पनि उक्त परीक्षण सुरु गर्ने भएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

कोरोना रोकथाम तथा न्यूनीकरण गर्न गठित समितिले सो निर्णय गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक परीक्षण सामग्री र तालिमको व्यवस्था मिलाउने भएको छ ।

ती स्थानहरूमा प्रयोगशाला परीक्षण सेवा सञ्चालन नभएसम्मका लागि विराटनगर र नेपालगन्जबाट स्वाब संकलन गरी हवाइमार्गबाट काठमाडौं ल्याउने व्यवस्था स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्नेछ । तर, हाल देश नै लकडाउन भएको अवस्थामा आन्तरिक हवाई उडान बन्द गरिएकोछ ।