नेपालगन्जः कोरोनाको उच्च जोखिम रहेको नेपालमा दिनप्रतिदिन संक्रमित भेटिदै आएकोछ ।
फ्रान्सबाट नेपाल आएकी एक १९ वर्षीय किशोरीलाई सोमबार मात्रै कोरोना भाइरस पोजिट देखिएको थियो । त्यसको ठिक तीनदिनमा अर्को संक्रमित भेटिएकोछ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या तीन पुगेको छ । जसमध्ये एकजना यसअघि पूर्णरुपले निको भइसकेकाछन् ।
टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा पोजेटिभ देखिएको हो । यद्यपी उनको नाम खुलाइएकोछैन । नेपालमा अहिलेसम्म ६ सय ८७ जनाको नमुना परीक्षण गरिँदा ६ सय ८४ को रिपोर्ट नेगेटिभ आएको छ ।
रोल्पाको थबाङमा पहिराे- १० जनाको शव भेटियो, तीनजना अझै वेपत्ता
राज्यको मुद्दा र पार्टी विभाजनको दोसाँधमा नेपाल फर्किए देउवा
प्रवासका नेपाली पत्रकार र व्यवसायीबीच क्यानडामा छलफल
पत्रकार किशाेर श्रेष्ठ पक्राउ
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?
नेपालगन्जका वडा अध्यक्ष र सचिवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा