संक्रमितसँगै आएका चार मध्ये तीन बाँकेमा फेला


संक्रमितसँगै आएका चार मध्ये तीन बाँकेमा फेला

नेपालगन्ज:कोरोना संक्रमित युवतीसँगै कतार एयरलायन्सको विमानमा आएका बाँकेका तीनजनालाई क्वारेन्टाइनमा राखिएको छ । फ्रान्सबाट कतार एयरलायन्समा आएकी युवतीमा कोरोनाको संक्रमण फेला परेपछि उक्त विमानमा सवार बाँकेका चार जनाको खोजी गरिएको थियो ।

खोजी गर्ने क्रममा बनकटवा, पिप्रहवा र साईगाउँबाट खोजतलास गरि नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा राखिएको बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले बताए ।

अध्यागमन विभाग हुँदै गृह मन्त्रालयले पठाएको सूचनाको आधारमा तीन जनालाई बाँकेमा फेला पारेको उनले बताए । ४ चैतमा फ्रान्सबाट कतार हुँदै आएको विमानमा सवार १९ वर्षिया किशोरीमा कोरोना संक्रमण देखिएपछि सवार सबैको खोजी थालिएको थियो ।

‘फेला परेका तीनै जनालाई नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको छ,’ उनले भने । केन्द्रबाट आएको नागरिकता नम्बर भिडाउँदा एक जनाको रेकर्ड जिल्ला प्रशासन कार्यालय, बाँकेमा फेला पार्न नसकेको उनले बताए ।

Kanti Aarogya Hospital Nepalgunj

बाँकेमा फेला पार्न नसकेपछि खोजीका लागि जिल्ला प्रशासन, बर्दिया, र बर्दिया प्रहरीलाई आग्रह गरिएको उनले बताए । ‘आशंकाको आधारमा खोजतलासका लागि बर्दियालाई आग्रह गरि पठाइएको छ,’ उनले भने । यसअघि फ्रान्सबाट आएका नेपाली मध्ये ४ जना बाँके जिल्लाको खुल्न आएपछि त्रास फैलिएको थियो ।

यो पनि पढ्नुहोस्

फ्रान्सबाट आएका बाँकेका चार नेपाली लुके