कोरोनाबाट भारतमा मर्नेको संख्या १३ पुग्यो


कोरोनाबाट भारतमा मर्नेको संख्या १३ पुग्यो

नेपालगन्ज: कोरोना भाइरस (कोभिड–१९) को कारण भारतमा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । भारतीय सञ्चार माध्यमका अनुसार बुधबार भारतमा यो भाइरसको कारण तीन जनाको ज्यान गएको हो । यद्यपी ६ सय ८६ जना कोरोना भाइरसबाट संक्रमित भएकाछन् । संक्रमित हुने यो संख्या बढिरहेकोछ ।

बुधबार बिहान ५४ वर्षीय एक पुरुष, त्यस्तै साँझपख मध्यप्रदेशको उज्जैनमा ६५ वर्षीया महिला र बुधबार राती नै गुजरातको अहमदावादकी ८५ वर्षीया एक महिलाको कोभिडका कारण मृत्यु भएको हो । यससँगै भारतमा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या १३ पुगेकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

पछिल्लो केही दिनयता भारतमा कोरोना भाइरसको संक्रमितको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।भारत सरकारले कोभिड–१९ बाट बच्न भन्दै २१ दिनसम्म लकडाउन लगाएकोछ । अहिलेसम्म भारतको महाराष्ट्र र केरला कोभिडबाट सबैभन्दा प्रभावित छन् ।

यसैबीच भारत सरकारले गरेको लकडाउनका कारण यतिबेला भारतमा भएका नेपालीहरुले सास्ती भोग्नु परेकोछ । नेपाल आउदै गरेका उनीहरु यात्राका दौरान भारतका विभिन्न राज्यको विभिन्न सहरमा बीचबाटोमै लकडाउनमा परेकाछन् । यतिबेला लकडाउनमा परेका नेपालीहरुलाई खान, पानीको समस्याले सताइरहेकोछ ।