विश्वब्यापी महामारी बनेको कोरोना भाइरसको संक्रमण विश्वका १ सय ९७ बढी राष्ट्रमा फैलिसकेकोछ । यस्तो जोखिमका बेला यदी प्रत्येक व्यक्तिले सावधानी अपनाइ दिने हो भने कोरोना भाइरसको जोखिम धेरै हदसम्म कम भएर जान्छ । विश्वभरका स्वास्थ्य विशेषज्ञहरुले कोरोना भाइरसको जोखिमबाट कसरी बच्न सकिन्छ भन्ने बारे विभिन्न नयाँ उपायहरु पनि खाजिरहेका छन् ।
कोरोना भाइरसको बढ्दो जोखिमको यो घडीमा ‘मैले के गर्न सक्छु’ भन्ने महत्वपूर्ण विषय हो । तसर्थ केही यस्ता उपायहरु छन्, जसलाई प्रत्येक व्यक्तिले अवलम्बन गर्ने हो भने हामी आफै पनि बच्न र अरुलाई बचाउन सक्छौं ।
कोरोना भाइरसको संक्रमण फैलिनलाई मैले कसरी कम गर्न सक्छु ?
– घरमै बस्नुहोस् । यो समयमा यात्रा गर्नु र सामाजिक सम्पर्कमा आउन आवश्यक छैन ।
– अत्यावश्यक काम भए मात्र घरबाट बाहिर निस्कनुपर्छ । जस्तै ः अस्पताल जानु परेमा, अत्यावश्यक खाद्य सामग्रीको किनमेल आदी ।
– अति नै आवश्यक काम भए मात्र यात्रा गर्ने ।
– दुई जना भन्दा बढी मानिसको भीडमा नजाने ।
– आफ्नो घर छाडेर अरुको घरमा नजाने र सामाजिक गतिविधिमा सहभागी नहुने ।
– यदी अस्वस्थ हुनुभयो भने आफु र आफ्नो परिवारलाई आइसोलेट गर्ने ।
– एक अर्काको सम्पर्कमा रहने ।
म कसरी स्वस्थ रहन सक्छु ?
– साबुन पानीले २० सेकेण्डसम्म हात धुने । स्यानिटाइजर जेलको पनि प्रयोग गर्न सकिन्छ ।
– खोक्दा या हाँच्छ्यु गर्दा रुमाल तथा टिस्यु पेपरले मुख छोप्ने ।
– यदी रुमाल या टिस्यु पेपर छैन भने हातको बाहुलाको प्रयोग गर्ने
– आँखा, नाक र मुखलाई हातले नछुने ।
यदी मैले अस्वस्थ महसुस गरे के गर्ने ?
– ज्वरो आउनु तथा थकाई लाग्नु, लगातार सुख्खा खोकी लाग्नु र श्वासप्रश्वासमा समस्या यसको मुख्य लक्षण हुन् ।
– यदी यी लक्षण भएका कुनै व्यक्तिसँग तपाई सम्पर्कमा आउनु भएको थियो भने लक्षण नदेखिएसम्म १४ दिन घरमै बस्नुहोस् ।
– अन्य व्यक्तिको सम्पर्कमा नआउने र घरमै हुनुहुन्छ भने तीन कदम पछाडी रहने ।
– यदी सात दिनसम्म पनि निको नभए या लक्षण बढ्दै गए चिकित्सकसँग परामर्शका लागि अस्पताल जाने ।
– अस्पतालमा भाइरसको परीक्षण गर्ने ।