लकडाउन कोरोनाबाट बच्ने दोस्रो अवसर


लकडाउन कोरोनाबाट बच्ने दोस्रो अवसर

नेपालगन्ज: कोरोनाबाट बच्न लकडाउन लागु गरेका देशका लागि यो दोस्रो अवसर भएको बताइएकोछ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस (कोभिड(१९) नियन्त्रण तथा रोकथामका लागि दोस्रो अवसर भउको भन्दै यसको सदुपयोग गर्न अपील गरेको छ ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयिससले बुधबार नियमित जानकारी दिने क्रममा अहिले गरिएको लकडाउनले एउटा अवसरको ढोका खुलेको बताए । यसको सदुपयोग गरी कोभिड–१९लाई नियन्त्रण गर्न उनले सुझाव दिएका छन् ।

कोरोना भाइरस नियन्त्रणका लागि प्रमुख ६ ओटा कदम चाल्नुपर्ने विश्व स्वास्थ्य संगठनको सुझाव छ । उनले हरेक मुलुकलाई आफ्नो स्वास्थ्य स्याहार र सार्वजनिक स्वास्थ्य जनशक्ति बढाउने, तालिम दिने र उनीहरुलाई खटाउन सुझाए । उपलब्ध प्रणालीको प्रयोग सबै शंकास्पद संक्रमित पहिचानको लागि गर्नुपर्ने उनको जोड छ । साथै परीक्षणको उत्पादन, क्षमता र उपलब्धता बढाउनु पनि महत्वपूर्ण रहेको गुथ्रेसले बताएका छन् ।
बिरामीको उपचार तथा आइसोलेशनमा राख्न आवश्यक सबै किसिमको सुविधाको व्यवस्था गर्ने, स्पष्ट योजना बनाउने र सबै सरकार कोभिड–१९ लाई रोक्न लागि पर्नुपर्ने उनले बताए ।

यी कदम नै भाइरसको नियन्त्रणका लागि सबैभन्दा राम्रो योजना भएको विश्व स्वास्थ्य संगठनले बताएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

यो समाचार तयार पार्दा सम्म विश्वभर ४ लाख ७१ हजार ८ सय २ जना संक्रमित भएको र २१ हजार २ सय ९७ जनाले ज्यान गुमाइसकेकाछन् । जसमध्ये एक लाख १४ हजार ७ सय ३ जना पूर्णरुपमा निको भइसकेको तथ्यांक छ ।

बिहीबार विहानसम्म मात्रै भारतमा १३ जनाको ज्यान गएको छ । नेपालमा हालसम्म ३ जनामा कोरोना भाइरस देखिएको थियो जसमा एक जना पूर्ण निको भइसकेकाछन् । अहिलेसम्म नेपालमा कोरोना भाइरसकै कारण मृत्यु हुने कोही पनि छैनन् ।