कोरोना आशंकित ४ जनालाई खजुरा क्वारेन्टाइनमा राखियो


कोरोना आशंकित ४ जनालाई खजुरा क्वारेन्टाइनमा राखियो

नेपालगन्जः बाँकेको खजुरा गाउँपालिकाले सञ्चालनमा ल्याएको क्वारेन्टाईनमा कोरोना आशंकित चार जनालाई राखिएकोछ । खजुरा गाँउपालिका वडा नम्बर १, मैटहवा माविमा तयार पारिएको अस्थायी क्वारेन्टाइनमा उनीहरुलाई अनुसन्धानको लागी राखिएको छ ।

गाँउपालिकामै रहेको क्वारेन्टाइनमा आंशकितलाई राख्न थालेपछि त्यसलाई व्यवस्थित गर्न तथा कोरोना विरुद्धको अभियानलाई अझ ससक्त पार्न खजुरा गाउँपालिका कार्यपालिकाको आकस्मिक बैठक बसेको छ ।

बैठकले क्वारेन्टाइन चुस्त दुरुस्त सञ्चालन गर्नका लागी स्वास्थकर्मी, सुरक्षाकर्मी र जनप्रतिनिधिहरुलाई जिम्मेवारी दिइएको छ । क्वारेन्टाइनमा आवश्यक पर्ने सामाग्रीहरुको व्यवस्थापन देखी विरामीहरुको सुरक्षालाई विषेश ख्याल गर्न समेत बैठकले सम्बद्धहरुलाई निर्देशन दिएको छ । खजुरा गाउँपालिका वडा नम्बर ६ मा अपाङ्गता रहेकाहरुलाई साझ विहान खानको लागी वडा कार्यालयले व्यवस्थापन गर्ने गरि निर्णय गरिएको छ ।

बैठकमा गाउँपालिकाका प्रमुख किस्मत कुमार कक्षपतिले विपतको बेला जनप्रतिनिधिहरुले जनताको जिउधनको सुरक्षाको लागी खुलेर लाग्न र समन्वयकारी भुमिका निर्वाह गर्न निर्देशन दिए ।

Kanti Aarogya Hospital Nepalgunj

कक्षपतिले सरकारले घोषणा गरेको लकडाउनलाई सबै जनताले पुर्ण पालना गर्न आग्रह समेत गरेका थिए । बैठकमा उप प्रमुख एकमाया विक, प्रमुख प्रसासकिय अधिकृत बम बहादुर केसी, राजनितिक सल्लाहकार भिम ओली, विभिन्न राजनितिकदलका प्रतिनिधि, स्वास्थ शाखाका प्रमुख पुर्ण खड्का, ईलाका प्रहरी कार्यालय धनौलीका प्रमुख पोषणराज थपलियाले हाल सम्म भए गरेका प्रगतिको जानकारी गराएका थिए । बैठकले क्वारेन्टाइनमा आवश्यक सुरक्षाकर्मि माग गर्ने निर्णय समेत गरेको छ ।