नेपालगन्जः नेपालगन्ज मेडिकल कलेजले आफ्नै अस्पतालनमा छुट्टै ज्वोरो क्लिनिक(फिभर क्लिनिक) स्थापना गरेको छ।
अस्पताल भित्र एउटै मात्र प्रवेशद्वार बनाएर ज्वोरो मापन गरिसकेपछि ज्वोरो आएका विरामीलाई सिधै ज्वोरो क्लिनिकमा लगरे उपचार गर्ने गरिएको छ ।
नेपालगन्ज मेडिकल कलेजका सह–निर्देशक डाक्टर नितेश कनोडियाले कोरोना भाइरस अन्यलार्य संक्रमण हुनबाट बचाउन छुट्टै ज्वोरो क्लिनिकको व्यवस्था गरिएको जानकारी दिए ।

‘हामीले प्रवेशद्वारमा ज्वोरो जाँच गर्छौ, ज्वोरो आएका विरामीलाई ज्वोरो क्लिनिकमा लगेर उपचार गर्छौं र अन्यलाई अर्कै ठाउँमा लगेर उपचार गर्छौं’– सहनिर्देशक कनोडियाले सेतोखरीसंग भने ।
उनले ज्वोरो आएका विरामीको हिस्ट्रिदेखि सवै चेकजाँच गरेर कोरोना भाइरससंग मिल्ने लक्षण भए छुट्टै आइसोलेसन बेडमा राखेर उपचार गर्ने र अन्य ज्वोरोको विरामी भए सोही प्रकारले उपचार गरिरहेको जानकारी दिए ।
उनले ज्वोरो आएका विरामीलाई चेकजाँच र उपचार गर्नका लागि पीपीई सहितको स्वास्थ्य टिम छुट्टै व्यवस्था गरिएको समेत जानकारी दिए ।
‘पीपीई लगाएका स्वास्थ्यकर्मीले उनीहरुको सम्पूर्ण उपचार संलग्न रहन्छन् र ज्वोरो आएको विरामी कहाँबाट आएको भन्ने बारे जानकारी लिई कोरोनाको लक्षण देखिए स्वायप पनि यहीबाट लिन्छौं ।’ सहनिर्देशक कनोडियाले भने ।
उनले गम्भिर प्रकृतिका ज्वोरोका विरामीलाई यही अस्पतालमै भर्ना गरि उपचार गर्ने र होम आइसोलेसनमा जान चाहनेलाई काउन्सिलिङ गरि पठाउने गरेको बताए ।