नरैनापुरमा अस्थायी क्वारेन्टाईन


नरैनापुरमा अस्थायी क्वारेन्टाईन

नरैनापुर (बाँके): कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै बाँकेको बघौडा क्षेत्र अर्थात नरैनापुर गाँउपालिकामा अस्थायी क्वारेन्टाईन बनाइएकोछ ।

कोरोना आशंकित ब्यक्तिहरुलाई राख्न गाउँपालिकाले वडा नम्बर ४ खोदवास्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा अस्थायी क्वारेन्टाइन केन्द्र बनाएको हो । हाललाई ४ वटा कक्ष रहेको उक्त क्वारेन्टाईन दश शैयाको बनाइनेछ ।

गाउँपालिकाका अध्यक्ष ईस्तियाक अहमद शाहले क्वारेन्टाइन स्थलमा कुनै कमी नहुने गरी उचित प्रबन्ध मिलाइएको बताउदै क्वारेन्टाईनको पूर्णता आज पुरा हुनेछ ।

१० शैयाको क्वारेन्टाइन बनाउनेक्रममा ४ वटा कक्ष तयार भइसकेकोछ नरैनापुर गाँउपालिका स्वास्थ्य शाखा प्रमुख मोइन खाँले भने,–‘आज थप ६ वटा कक्ष तयार गर्नेछौं ।’

Kanti Aarogya Hospital Nepalgunj

स्वास्थ्य शाखा उपप्रमुख नागेन्द्र कुमार साहले क्वारेन्टाईनमा रहने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा उचित खानपानको प्रबन्ध मिलाइएको जानकारी दिए ।

उक्त अस्थायी क्वारेन्टटाईनको अनुगमन तथा जनप्रतिनिधि परिचालन गर्ने जिम्मेवारी पाएका नरैनापुर गाँउपालिका वडा नम्बर २ का अध्यक्ष मसुद अहमद साहले गाउँपालिकामा कोरोना विरुद्धको अभियानलाई प्रभावकारी ढंगले अघि बढाइएको बताए ।