नेपालगन्ज: नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर –१८ ले सुकुम्बासी बस्तीमा खाद्यान्न सहयोग गरेकोछ । नेपालगन्ज वडा नम्बर १८ को नयाँगाउँमा रहेका सुकुम्बासी ४१ घरपरिवारलाई खाद्यान्न सहयोग गरिएको हो ।
वडाअध्यक्ष दीपक वर्माको पहलमा सुकम्बासी बस्ती नयाँगाउमा रहेका ती विपन्न घरपरिवारलाई सहयोग स्वरुप ५ किलो चामल, एक किलो दाल, एक किलो प्याज र दुई किलो आलु सहयोग गरिएको छ ।
सो बस्तीमा रहेका अधिकासं घरपरिवार दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएकाले लकडाउनका कारण समस्यामा परेको भन्दै वडाअध्यक्षले सहयोग गरेको बताए ।
वडा अध्यक्ष बर्माले सबै नागरिकलाई कोरनाको संक्रमणबाट जोगाउन राज्यले लकडाउनको आव्हान गरेको बताउदै लकडाउन पूर्ण पालना गरी अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन वडाबासीमा आग्रह समेत गरेका छन् ।
लकडाउनका कारण दैनिक ज्यालादारीमा जान नपाउदा भोकै बस्नु पर्ने अवस्थामा खाद्यान्नसहित बस्तीमा पुगेका वडा अध्यक्ष वर्माको टिमलाई स्थानीयबासीले अभावमा सहयोग गरेको भन्दै धन्यबाद दिएका थिए ।