कोरोना भाइरस: पसलमा खतरा के छ ?


कोरोना भाइरस: पसलमा खतरा के छ ?

नेपालगन्जमा लकडाउनकाबीच सामाजिक दूरीका साथ औषधी खरिद गर्दै उपभोक्ता । तस्विर: रवि कनोजिया /सेतोखरी

नेपालगन्ज: कोरोना भाइरस तब फैलन्छ, जबस कोही संक्रमित व्यक्तिको सम्पर्कमा पुग्छन् । जब कोही संक्रमित व्यक्तिले खोक्छ वा हाँछ्यु गर्छ, तब भाइरस हावामा फैलन्छ । उक्त हावामा सास लिने दोस्रो व्यक्तिमा कोरोना भाइरस प्रवेश गर्ने संभावना रहन्छ । यो खतरा संक्रमित सतहको सम्पर्कमा आउँदा समेत हुनसक्छ ।

यस्तो अवस्थामा किनमेलको लागि जाँदा वा दोस्रो व्यक्तिसँग घुलमिल हुँदा संक्रमित हुने खतरा बढ्छ । त्यही कारण त अहिले सबैजसो देशले सामाजिक दुरीको कुरा गरिरहेका छन् । मानिसहरुलाई भनिएको छ कि उनीहरु एक अर्काबाट कम्तीमा दुई मिटर अर्थात ६ फिटको दुरीमा रहनुपर्छ । स्वास्थ्य अधिकारीहरुले पनि यही कुरा सुझाएका छन् । अहिले धेरैजसो पसलले समेत उक्त नियमलाई पालना गरिरहेका छन् ।

यदि कोरोना भाइरसको संक्रमण र त्यसको लक्षणको बारेमा पढ्ने हो भने यो स्पष्ट हुन्छ कि सुपरमार्केट यस भाइरसको प्रसारका लागि अनुकुल ठाउँ हुनसक्छ । जब मान्छेहरु पसलमा जान्छन्, केही न केही सामान उठाए हेर्छन् । चलाउँछन् । फेरी त्यहीँ छाड्छन् । 

उनीहरुले एउटा सामाग्री उठाएर अर्को ठाउँमा राख्छन् । मान्छेहरुले बिल जाँच गर्छन् । पैसा लेनदेन गर्छन् । सवारी साधन पार्क गर्छन् । एटिएम प्रयोग गर्छन् । यसरी एउटा मात्र संक्रमित व्यक्ति त्यहाँ पुगेका छन् भने उनको माध्यामबाट अरु थुप्रैमा यसको संक्रमण फैलने भय हुन्छ । उक्त पसलमा पुग्ने अरु सबै चाडै नै संक्रमित हुने जोखिममा पर्छन् ।

Kanti Aarogya Hospital Nepalgunj

नेपालगन्जमा दिनभरी कोठामा थन्किने र साँझपरेपछि विनाकामै बजार डुल्ने, समूह बनाएर गफिने गर्ने चलन रहेकोले यसविषयमा ध्यान दिन जरुरी छ । त्यसैले लकडाउनको पालना गरौं, सामान खरिद विक्री गर्दा सावधानी अपनाऔं । कोरोना भाइरससंग डराएर होइन सावधानी र सचेत भएर लडौं ।