नेपालगन्ज: कोरोना भाईस संक्रमितहरुको उपचारमा संलग्न स्वास्थ्यकर्मी तथा चिकित्सकले लगाउनु पर्ने पिपिई (प्रर्शनल प्रोटेक्टिभ इक्विपमेन्ट) को उत्पादन नेपालगन्जमै भइरहेको छ ।
देशभर पिपिईको अभाव देखिएको बेला यहाँका केही ईण्डष्ट्रिजले ‘पिपिई’ को उत्पादन गर्दै आएका छन् ।
भेरी अस्पताल नेपालगन्जका डाक्टर पारस पाण्डेले दिएको डिजाईनका आधारमा यहाँका व्यवसायीले पिपिई बनाईरहेका छन् । कोरोना भाइरसको सन्त्रास बढेसँगै डाक्टर पाण्डेले सुरक्षाकर्मीको सुरक्षाका लागि उक्त पिपिई बनाउँने डिजाईन व्यवसयीलाई दिएका थिए । शुरुवातीदेखि सक्रिय रूपमा कोरोना विरूद्धको अभियानमा लागिपरेका पाण्डे यतिबेला नेपालगन्जका चर्चित डाक्टर हुन् ।
नेपालगन्ज उपमहानगरपालिका २ घरबारीटोलमा रहेको लुम्बिनी ईण्डष्ट्रिज प्रालिले डाक्टर पाण्डेकै डिजाईनमा पिपिई उत्पादन सुरु गरेको ईण्डस्ट्रिजका सञ्चालक कस्मीरा खातुन बताउँछिन् ।
पछिल्लो समय यसको माग अति नै रहेको कारण व्यवसायीलाई अहिले भ्याई नभ्याई छ । स्थानीय अस्पतालमा विरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीको मनोबल बढाउनको लागि पिपिई नहुनु भन्दा स्थानीय स्तरमा उत्पादन गरेको पिपिई प्रयोग गर्न सकिने भेरी अस्पतलाका मेसु डाक्टर प्रकाश बहादुर थापा बताउँछन् ।
रोल्पाको थबाङमा पहिराे- १० जनाको शव भेटियो, तीनजना अझै वेपत्ता
राज्यको मुद्दा र पार्टी विभाजनको दोसाँधमा नेपाल फर्किए देउवा
प्रवासका नेपाली पत्रकार र व्यवसायीबीच क्यानडामा छलफल
पत्रकार किशाेर श्रेष्ठ पक्राउ
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?
नेपालगन्जका वडा अध्यक्ष र सचिवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा