नेपालगन्ज:नेपालमा थप एकजनामा कोरोना भाइरस संक्रमण देखिएकोछ । योसगैं अब नेपालमा ६ जना व्यक्तिमा कोरोनाभाइरस पोजेटिभ देखिएको छ ।
बिहीबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले प्रेस ब्रिफिङ गर्दै छैटौं व्यक्तिमा संक्रमण देखिएको पुष्टि गरेको हुन् । ‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आज गरिएको परीक्षणमा एउटा पोजेटिभ आएको छ’,उनले भने,‘यो छैटौं केस हो, यो पनि क्युआर ६५२ फ्लाइटबाट दोहाबाट काठमाडौं आएकोमा देखिएको हो ।’
ती व्यक्ति गत चैत ४ गते दोहाबाट कतार एयरवेजको जहाजबाट आएका हुन् । यसअघि सोही जहाजमा आएका दुईजनामा पनि कोरोना संक्रमण देखिएको थियो । दुबै संक्रमित टेकु अस्पतालको आइसोलेसनमा उपचाररत छन् ।
ती व्यक्ति कहाँका हुन् र कहाँ उपचाररत छन् भन्नेबारेमा भने मन्त्रालयले केही बताएको छैन । यसअघि नेपालको पहिलो कोरोना संक्रमित व्यक्ति भने उपचारपछि निको भइसकेका छन् ।
दोस्रो संक्रमित व्यक्ति काठमाडौंकी १९ वर्षीया युवती हुन् । उनी फ्रान्सबाट दोहा हुँदै कतार एयरवेजको क्यू आर ६५२ जहाजबाट काठमाडौं आएकी थिइन् । उनमा चैत १० गते कोरोना संक्रमण पुष्टि भएपछि सरकारले देशभर लकडाउन घोषणा गरेको थियो । तेस्रो धादिङको, चौथो धनगढीको र पाँचौं बाग्लुङको व्यक्तिमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि यतिबेला देशभर त्रासको वातावरण बनेकोछ ।
रोल्पाको थबाङमा पहिराे- १० जनाको शव भेटियो, तीनजना अझै वेपत्ता
राज्यको मुद्दा र पार्टी विभाजनको दोसाँधमा नेपाल फर्किए देउवा
प्रवासका नेपाली पत्रकार र व्यवसायीबीच क्यानडामा छलफल
पत्रकार किशाेर श्रेष्ठ पक्राउ
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?
नेपालगन्जका वडा अध्यक्ष र सचिवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा