अमिलो खान मन पर्ने मानिसका लागि यो एकदमै प्यारो फल हो । अमला भिटामिन सीको ठूलो स्रोत हो । यसलाई घरायसी औषधिका साथै आयुर्वेदमा पनि औषधिका रूपमा प्रयोग गरिन्छ । अमला सेवनले हाम्रो शरीरमा विभिन्न फाइदा गर्दछ ।
भिटामिन सी शरीरका लागि अत्यावश्यक चिज हो । जसको कमीका कारण स्कर्भी, छालाको रोग, रक्तनली र मुटुको रोग लाग्ने सम्भावना हुन्छ । अमलाले भिटामिन सीको परिपूर्ति गर्छ । यसलाई भिटामिन सीको भण्डार नै मानिन्छ ।
महिलामा हुने सेतो पानी बग्ने समस्याबाट छुटकारा पाउन अमलाको सेवन गर्नु एकदमै उत्तम हुन्छ । अमलाको ३ देखि ५ ग्राम धुलोलाई एक चम्चा महमा मिलाएर खाँदा समस्या केही हदसम्म कम हुन्छ । यसले पेट दुख्ने समस्याका लागि फाइदा पु-याउँछ ।
अमलाको सुकेको धुलोमा हर्रो र बर्रोको धुलो बराबर मिसाई दैनिक प्रयोग गर्ने हो भने कब्जियत हुनबाट बचाउँछ । यस्तै, सुकेको अमलामा हर्रो र बर्रोको धुलो नियमित रूपमा पानीसँग मिसाएर खाँदा आउँ, अपच भएकालाई फाइदा हुन्छ ।
अमलाको चुर्णलाई पानीमा उमालेर कुल्ला गर्नाले दाँत बलियो हुनुका साथै चम्किलो पनि देखिन्छ ।



भेरी अस्पतालभित्र कसरी भएको थियो आक्रमण ? (सेतोखरी एक्सक्लुसिभ भिडियो )
गायक रवि ओडको स्वर तथा शब्दमा ‘टुटी सक्यो मुटु’ सार्वजनिक
अदितीको रोमान्स