साइक्लिङ्ग क्लबद्वारा रक्तदान


साइक्लिङ्ग क्लबद्वारा रक्तदान

नेपालगन्ज: बाँकेमा रगत अभाव देखिएसगैं क्षेत्रीय रक्तसञ्चार केन्द्र नेपालगन्जमा रक्तदान गर्नेको संख्या दिनदिनै बढ्नेक्रममा छ । शुक्रबार निगरानी समुह बाँककोे सक्रियतामा रक्तदान गरिएसगैं शनिबार नेपालगन्ज साइक्लिङ्ग क्लबले रक्तदानको आयोजना गरेकोछ ।

शनिबार विहानैदेखि शुरु भएको उक्त रक्तदान कार्यक्रममा यो समाचार तयार पार्दा सम्म १४ जनाले रगत दान गरिसकेको नेपालगन्ज साइक्लिङ्ग क्लबका सदस्य निरौलाले बताए ।

उनका अनुसार रक्तदान कार्यक्रम शनिबार दिनभर गरिनेछ । कोरोना भाइरसको महामारिका बेला बाँकेमा रगत अभाव देखिएपछि भेरी लगायतका विभिन्न अस्पतालमा उपचारर्थ आउने विरामी उनका आफ्न्त रगतको अभावमा समस्या खेप्दै आएकाछन् ।

आमनागरिकको यस्ता समस्यालाई ध्यानमा राखेर निगरानी समुह र नेपालगन्ज साइक्लिङ्ग क्लबले रक्तसञ्चार केन्द्रमा रक्तदान गरेको हो । अन्तरपाटी युवा सञ्जालले आग्रह गरेसगैं साइक्लिङ्ग क्लबले शनिबार उक्त कार्यक्रम आयोजना गरेको सदस्य निरौलाले जानकारी दिए ।

Kanti Aarogya Hospital Nepalgunj

शनिबार विहान १२ बजेसम्म रत्न खत्री, प्रशान्त विष्ट, पूर्ण महतरा, हेमन्त काफ्ले, विमल ढकाल लगायत १४ जनाले रक्तदान गरिसकेकाछन् ।