यतिबेला देश कोरोना भाइरसको जोखिममा छ । सरकारले देशभरीलाई लकडाउन घोषणा गरेको छ । आमनागरिकहरु सामान्य उपचार नपाएर छटपटाईरहेकाछन् । सरकारले अझ लकडाउन लम्ब्याउने मनसाय बनाएकोछ ।
देशभरका स्वास्थ्य संस्थालाई सरकारले नागरिकको उपचारमा सक्रिय हुन निर्देशन दिएकोछ । तर, अधिकाशं सरकारी अस्पतालनै नागरिकको सेवाबाट पन्छिदै आएकाछन् । यसको असर बाँकेमा पनि नपरेको होइन । नेपालगन्जबासी पनि कोरोनाको उच्च जोखिममा देखिएका छन् । यसै सन्र्दभमा सेतोखरीका कार्यकारी सम्पादक कमल न्यौपानेले भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्डेण्टसंग डाक्टर प्रकाश थापासंग गरेको कुराकानी :
डा.थापा: आम नागरिकको अवस्थालाई मध्यनजर गरेर हामीले नेपालगन्जमै कोरोना भाइरस संक्रमण जाँचका लागि प्रक्रिया अगाडी बढाएका छौं । यसले राम्रो गति लियो भने एक हप्तामै तयार हुन्छ । र अस्पतालले नागरिकको सेवाका लागि तत्काल आईसुलेसन निर्माण र पिसिआर मेसिन जडानमा ध्यान दिइएकोछ ।
डा. थापा: कोरोना संक्रमणको रोकथामका लागि अस्पतालले अस्पतालका कर्मचारीहरुलाई कोरोना सम्बन्धि तालिम, भिडभाड रोक्न, ज्वोरो आएकालाई क्लिनिकमा राखेर उपचार गर्ने, अस्पतालमा नयाँ धारा जडान र साबुनपानीको ब्यवस्था गरिएकोछ । भेरी लगायत यहाँका अस्पतालहरुमा कोरोना भाइरसबाट बचौ र बचाऔं भन्ने खालका सचेतनामुलक सन्देशहरु राखिएको छ । स्वास्थ्यकर्मीलाई आवश्यकता अनुसार पीपिई र मास्क लगायतका उपकरण प्रयोग गर्न व्यवस्थापन गरिएकोछ ।
डा. थापा: बजारमा गरिएको हल्ला गलत हो । भेरी अस्पताल यो क्षेत्रकै एकमात्र अग्रणी अस्पताल हो । यसले पनि यहाँको सेवा, सुविधा विश्वस्नीय मात्र नभई गुणस्तरीय छ । यस्तो अवस्थामा शंका गर्नु अनुचित कार्य हो । र, यहाँ न्यूरो सर्जन, ग्यास्टो सर्जन लगायत हड्डी सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ । भेरी अस्पतालका बारेमा बाहिर हुने चर्चा र बास्तविकता फरक छन् । अस्पतालले धान्न सक्ने सेवा प्रभावकारी रुपमा प्रदान गरिरहेकोछ ।
डा. थापा: पहिलो कुरा यो अवधिमा मैले अस्पताललाई नजिकबाट नियाल्ने काम गरेकोछु । अस्पतालमा रहेका समस्या र लुकेका चुनौतीलाई पहिचान गर्दै त्यसको समाधानका आयामहरु खोजिरहेकोछ ।
अस्पतालमा नेतृत्व सम्हालेर आएलगत्तै अस्पताल प्राङ्गणको स्वरुपमा सुधारात्मक कार्यको थालनि गरेको छु । जसअन्र्तगत अस्पताल परिसरमा रहेका खाल्डाखुल्डी पुरिएको छ । अस्पतालभित्रको सडकमा ग्राभेल, नाला सफाई र व्यवस्थित गरिनुका साथै अस्पतालका शौचालय सफासुग्घर राखिएकोछ । यसका अलावा अस्पताल परिसरमा सुरक्षा सर्तकता अपनाउदै सुरक्षागार्डको संख्यामा बढोत्तरीसगैं चुस्तदुरुस्त राखिएकोछ ।
अस्पतालबाट सेवा प्रवाह हुने नियमित सेवाहरुलाई व्यवस्थित गर्दै अस्पताल व्यवस्थापन र अस्पताल प्रशासनलाई थप चलायमान पारिएकोछ । यो अवधिमा एकैपटक जादूको छडी सरह कुनैपनि परिर्वतन नहुने तर आफू परिर्वतनका लागि प्रयत्नशील रहेकोले अस्पतालको समग्र व्यवस्थापन, सेवा प्रवाह, गुणस्तरता र विश्वसनीयतामा म र मेरो अस्पताल लागिपरेकोछ ।
डा. थापा: भेरी अस्पतालले कोरोना भाइरस संक्रमणका विषयमा प्रभावकारी मात्र नभई अग्रणी भूमिका खेलेको छ । सरकारी तहबाटै मुख्य जिम्मेवारी पाएको भेरी अस्पतालको यस विषयमा कर्तब्य र जिम्मेवारी थप बढेर आएकोछ । यस्तो अवस्थामा शंका गर्नु अनुचित छ । हामीले अस्पतालमा आएका विरामीलाई हेरेकाछौं । उनीहरुको स्वास्थ्य परीक्षण गरेका छौं । स्वास्थ्य जाँचका लागि आएका विरामीलाई आवश्यकताअनुसार सल्लाह, सुझाव दिनुका साथै उनीहरुको स्वायव जाँच गरेका छौं ।
औषधी दिनुपर्ने विरामीलाई औषधी दिएर पठाएका छौं । कोरोनाको शंका लागेमा क्वारेन्टाईन र आइसुलेसनमा पठाएका छौं । यदि स्वास्थ्य परीक्षणका लागि आउने विरामीमा जटिल समस्या नदेखिए घरमै बस्ने सल्लाह दिएर पठाएका छौं ।
डा. थापा: अहिले सम्म कोरोनाको संक्रमण कसैमा पनि देखिएको छैन । यदि देखिहाल्यो भने हामी हाम्रो तह र तप्काबाट गर्न सक्ने उपचार गर्छौं र आवश्यकता अनुसार बाहिर पठाउछौं ।
डा.थापाः अस्पतालमा थुप्रै समस्या र चुनौती थिए र छन् । तर, पछिल्लो समय देश संघीयता गएसगैं संघीय सरकारको सहयोग र अस्पतालको सक्रियताका कारण धेरै समस्याहरु समाधानतर्फ गएकाछन् । अस्पतालको सरसफाई र भौतिक संरचनाको समस्या थियो अहिले व्यवस्थित नयाँ भवन निर्माणसगैं त्यो समस्या हटेर जानेछ ।
जीर्ण भौतिक संरचना नयाँ निर्माण गरि वातावरण र विरामीमैत्रीका साथै संघीय संरचना अनुसार देशकै नमुना अस्पताल निर्माण गर्नुपर्ने हुँदा केही सामान्य चुनौतीहरु देखिएका छन् । तर, संघीय सरकार, आमनागरिक , नेपालगन्जबासीको सहयोगले यस्ता चुनौती पनि सहजता परिणत हुने विश्वास लिएकोछु ।
डा. थापा: सर्वप्रथम त अस्पतालको सरसफाई, शौचालय व्यवस्थापन र खानेपानीको उचित प्रबन्ध मिलाउने योजनामा छु । र, यसका लागि प्रक्रिया पनि अघि बढिसकेकोछ । दोस्रो चरणमा अस्पतालको भौतिक संरचना सरकारी मापदण्ड अनुसार निर्माण गरिनेछ । अहिलेका संरचना पुराना र जिर्ण भएकाले नयाँ भवन निर्माण सगैं अस्पताललाई स्वच्छ वातावरण र विरामी मैत्री बनाइनेछ ।
अस्पतालमा अभाव रहेका सेवा थप गरि अस्पतालको सेवा प्रभावकारी र व्यवस्थितरुपमा अगाडी बढाइनेछ । भेरी अस्पतालमा उपचारका लागि आउने कुनैपनि रोगका विरामीलाई बाहिर जान नपर्ने अवस्थाको सिर्जना गर्ने तय भएको छ । यसमा सबैको साथ र सहयोग जरुरी देखिन्छ ।
भेरी अस्पतालको समग्र स्तरउन्नती तथा गुणस्तरताका लागि अस्पताल प्रशासन वा मेसुको एकल प्रयासले सफल हुने होइन । अस्पतालमा रहेका थुप्रै समस्या र चुनौतीलाई पार गर्न नेपालगन्जबासी बढि जिम्मेवार भएर लाग्नुपर्छ । काम गर्ने दौरानमा भेटिएका कमीकमजोरीलाई सकरात्मक ढंगबाट औल्याईदिने र अस्पतालका गतिविधिमा सारथी बन्न अनुरोध गर्दछु ।
काम गर्ने क्रममा गल्ती कमीकमजोरी होलान् र हुनसक्छन् अस्पतालको हितविपरित हुने कुनैपनि कमजोरी औल्याईदिन पनि आग्रह छ । अन्त्यमा यतिवेला देश कोरोना भाइरस संक्रमणको सन्त्रासमा छ । तपाई हामी जो जहाँ छौं त्यही राज्यले गरेको लकडाउनको पालना गरेर सुरक्षित बसौं कोरोनाबाट बचौं र अरुलाई पनि बचाऔं । धन्यबाद !