विएसएफ नेपालले पठाएको पीपीई नेपालगन्ज मेडिकल कलेजका डाक्टर कुमार पोखरेललाई प्रदान गर्दै डाक्टर सुवास योगी । तस्विरः दामोदर भण्डारी /सेतोखरी
नेपालगन्ज: न्यूरो सर्जन डाक्टरहरुको संस्था बिएसएफ नेपालले कोरोना भाइरस संक्रमण रोकथामका लागि विभिन्न स्वास्थ्य सामाग्री निःशुल्क वितरण गरिरहेको छ ।
विएसएफ नेपालका उपाध्यक्ष एवं वरीष्ठ न्यूरो सर्जन डाक्टर निकुञ्ज योगीले कोरोना भाइरस रोकथाममा टेवा पुगोस् भन्ने उद्देश्यले निशुल्करुपमा स्वास्थ्य सामाग्रीहरु वितरण गरिएको जानकारी दिए ।
सोही अनुरुप शनिबार नेपालगन्ज मेडिकल कलेजका चिकित्सकलाई पीपीई स्वास्थ्य सामाग्री प्रदान गरिएको छ । विएसएफ नेपालले पोखराबाट पठाएको ९ थान पीपीई सामाग्री फिजिसियन डाक्टर सुभाष योगीले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका डाक्टर कुमार पोखरेललाई हस्तान्तरण गरेका छन् ।
उक्त पीपीई कोरोनाको क्षेत्रमा काम गर्दा मेडिकल कलेजका चिकित्सकलाई प्रयोग गर्न सघाउ पुगोस् भन्ने उद्देश्यले प्रदान गरिएको डाक्टर योगीले जानकारी दिए ।
विएसएफ नेपालले मनिपाल अस्पताल पोखरा, मेट्रो सिटी हस्पिटल गण्डकी मेडिकल कलेजलाई गरि ८० थान पीपीई निशुल्क वितरण गरिसकेको सस्थाका उपाध्यक्ष डाक्टर योगीले जानकारी दिए ।
उनले काठमाण्डौंमा सहकर्मी डाक्टर रचना नकर्मीले तयार पारेर पठाउने र पोखरामा विएसएफ नेपालका अध्यक्ष डाक्टर बालगोपाल कर्माचार्य सहितको टिमले व्यवस्थापन गरि विभिन्न ठाँउमा निःशुल्क स्वास्थ्य सामाग्री वितरण गरेको बताए । उक्त संस्थाले प्रहरीहरुलाई ५० थान मास्क समेत वितरण गरेको छ ।