पत्रकारलाई खाद्यान्न वितरण


पत्रकारलाई खाद्यान्न वितरण

नेपालगन्ज: बाँकेको कोहलपुरमा रहेको क्रियाशिल पत्रकार समुह र काँचुली मिडिया प्रालिले खाद्यान्न् वितरण गरेकोछ । कोहलपुर क्षेत्रका क्रियाशिल पत्रकारहरुलाई खाद्यान्न वितरण गरिएको हो ।

कोरोना भाइरस संक्रमणको संख्या बढेसगैं लम्बिएको लकडाउनका कारण सिर्जित असहज परिस्थितीमा विभिन्न जिल्लाबाट कोहलपुर आई पत्रकारितामा क्रियाशिल पत्रकारहरुलाई राहत प्रदान गरिएको हो ।

गोल्डेन एज मिडिया प्रालिको आर्थिक सहयोगमा १० जना पत्रकारहरुलाई एक हप्ता पुग्ने खाद्यान्न (चामल, पिठो, तेल, दाल) प्रदान गरिएको छ । प्रालिका निर्देशक जयसिंह केसीको नेतृत्वमा क्रियाशिल पत्रकार समुह कोहलपुरका अध्यक्ष निर्मल आचार्य तथा काँचुली मिडिया प्रालिका सञ्चालक संगिन शर्माले उक्त राहत उपलब्ध गराएका हुन् ।

प्रालिका निर्देशक केसीका अनुसार लकडाउनका कारण समस्या खेप्दै आएका सञ्चारकर्मीहरुलाई सहयोग गर्ने उद्देश्यले राहत वितरण गरिको हो । उनले सूचनाका सम्बाहक पत्रकारहरु पनि लकडाउनमा सास्ती भोग्नुपरेको हुनाले सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरे ।

क्रियाशिल पत्रकार समुह कोहलपुरका अध्यक्ष आचार्यले पेशागत सञ्चारकर्मीहरुलाई राहत स्वरुप खाद्यान्न वितरण गरिनु उदाहरणीय कार्य भएको उल्लेख गरे ।

उनले यस्तो संकटका बेला पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ आफै गम्भीर भएर लाग्नुपर्नेमा गैरजिम्मेवार बन्दै गएकाले केही भएपनि सकारात्मक प्रयासको थालनि गरेको बताए ।