भेरी अस्पतालमा आएको पीसिआर मेशिन लगायत अन्य उपकरण । तस्विरः रवि कनोजिया /सेतोखरी
नेपालगन्ज: कोरोना भाइरस संक्रमण जाँचका लागि प्रयोग हुने मेसिन पीसीआर भेरी अस्पताल नेपालगन्ज आएकोछ ।
लामो प्रतिक्षापछि सोमबार राती काठमाण्डौंबाट बा ८ च ४५५७ नम्बरको पिकअप गाडीमा लोड भएको उक्त मेशिन नेपालगन्ज ल्याइएको हो ।
अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर प्रकाश बहादुर थापाका अनुसार यतिबेला पीसीआर मेसिन राख्नेकोठा मर्मत सम्भार भइरहेकोेले बुधबारबाट मेसिन जडान हुनेछ ।
लामो प्रतिक्षपछि नेपालगन्जमा कोरोना जाँच मेशिन आइपुगेको हो । कोरोना भाइरस संक्रमणको जोखिमका बेला नेपालगन्जको भेरी अस्पतालमै जाँच हुनेभएपछि बाँके, बर्दिया लगायतका क्षेत्रका आम नागरिकलाई राहत हुनेछ ।
बाँकेका विभिन्न क्वारेन्टिनमा यतिबेला रहेका चार सय बढी मानिस छन् । तिनीहरुमध्ये हालसम्म ३१ जनाको स्याम्पल टेस्ट गरिएकोछ । थप २३ जनाको स्याम्पल टेस्टका लागि काठमाण्डौं पठाईएकोले रिपोर्ट आउन बाँकी छ ।
कोरोना भाइरस संक्रमण जाँचका लागि आएको मेशिन पीसिआर सञ्चालन भएलगत्तै क्वारेन्टाईनमा मात्र नभइ यसक्षेत्रका अन्य कोरोना आंशकित ब्यक्तिको समेत जाँच हुनेछ ।
पीसिआर मेशिनबाट कोराना भाईरस संक्रमण थाहा पाउन सजिलो र विश्वासिलो हुने भएकाले यसको सञ्चालन छिटो हुनुपर्ने जानकार बताउँछन् ।
रोल्पाको थबाङमा पहिराे- १० जनाको शव भेटियो, तीनजना अझै वेपत्ता
राज्यको मुद्दा र पार्टी विभाजनको दोसाँधमा नेपाल फर्किए देउवा
प्रवासका नेपाली पत्रकार र व्यवसायीबीच क्यानडामा छलफल
पत्रकार किशाेर श्रेष्ठ पक्राउ
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?
नेपालगन्जका वडा अध्यक्ष र सचिवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा