एसबिआई बैंकद्वारा खजुरा गाउँपालिकालाई स्वास्थ्य सामाग्री प्रदान


एसबिआई बैंकद्वारा खजुरा गाउँपालिकालाई स्वास्थ्य सामाग्री प्रदान

खजुरा (बाँके) : नेपाल एसविआई बैंक लिमिटेडले खजुरा गाउँपालिकालाई आज स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । कोरोना भाइरस चेकजाँचमा संक्रमणबाट बच्न प्रयोग गरिने स्वास्थ्य उपकरण लगायत ८२ हजार बराबरको सहयोग गरेको हो ।

उक्त स्वास्थ्य सामाग्रीमा पीपीई तीन थान, सेनिटाइजर, साबुन, हेण्डवास, सर्जिकल माक्स, गन थर्मोमिटर लगायतका सामाग्री गाउँपालिकालाई हस्तान्तरण गरिएको हो ।

खजुरा गाउँपालिका कार्यालयमै पुगेर बैंकका प्रदेश नम्बर ५ प्रमुख डिकेन्द्र खड्का, कोहलपुर शाखा प्रमुख नवराज जोशी र बैंकका प्रदेश कर्मचारी जिवराज भण्डारी सहितको टोलीले उक्त स्वास्थ सामाग्री हस्तान्तरण गरे ।

गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपति, प्रमुख प्रशासकीय अधिकृत बम बहादुर केसि, स्वास्थ शाखा प्रमुख पुर्ण बहादुर खड्का, नर्सिङ्ग निरीक्षक लक्ष्मि केसीले सामाग्री बुझ्दै कोरोना संक्रमणबाट बच्नका लागी सहयोग पुग्ने विश्वास व्यक्त गरे ।