नेपालगन्ज स्थित भूमि सुधार तथा मालपोत कार्यालय I तस्विर: सद्भावडटकम
नेपालगन्ज : भूमिसुधार तथा मालपोत कार्यालय बाँके कर्मचारी अभाव देखिएको छ । यसले गर्दा जग्गा बाँडफाँडका लागि परेको निवेदनको सनाखतमा समेत प्रभाव परेको छ । पछिल्लो एक महिनाको अवधीमा तीन सय ६८ जना मोही किसानले जग्गा बाँडफाँडका लागि निवेदन दिएका छन् ।
यसअघि मोही बाँडफाँडका दुई हजार ९२ निवेदनसहित मोही बाँडफाँडका दुई हजार ४ सय ६० निवेदन परेको कार्यालय प्रमुख प्रेम दौल्याल बताउँछन् । उनकाअनुसार पुराना मोही बाँडफाँडका निवेदनमध्ये कतिपय समाधान भईसकेका छन् । पछिल्लो पटक पुष १६ देखि माघ १५ गतेसम्म मोही बाँडफाँटका लागि निवेदन दिने समयसीमा तोकिएको थियो ।
त्यसमाथि सरकारले २०७६ भदौं ५ गतेभित्र निवेदन समाधान गरिसक्नुपर्ने समयसीमा समेत दिएको उनी बताउँछन् । मोही बाँडफाँडको निवेदन
परेपछि प्रतिवादी जग्गाधनीको नाममा म्याद तामेल गर्नुपर्ने हुन्छ । तर, एकजना मात्रै तामेलदार त्यो पनि करारमा नियुक्त गरिएको कार्यालय प्रमुख दौल्यालले बताए ।