नेपालगन्ज: बाँकेको कोहलपुर स्थित गोरखा युनाईटेड पब्लिक स्कुलले आर्थिक सहयोग गरेकोछ ।
जिल्लाकै अग्रणी शैक्षिक संस्था गोरखा युनाईडेट पब्लिक स्कूलले कोहलपुर नगरपालिकाको विपद् कोषलाई आर्थिक सहयोग उपलब्ध गराएको हो ।
विद्यालयमा अध्यापन गराउँदै आएका शिक्षक तथा कर्मचारीहरुको एक दिन बराबरको तलबबापत एक लाख विपद कोषमा जम्मा गराएका हुन् ।
बुधबार विद्यालयका प्रबन्ध निर्देशक राजेन्द्र बहादुर गुरुङ्गले कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावतलाई उक्त रकम बराबरको चेक प्रदान गरे ।
विश्वब्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाईरसको रोकथाम तथा पुर्व तयारीकालागि कोहलपुर नगरपालिकाले विपद् तथा राहत कोष स्थापना गरेको छ । सोही कोषलाई विद्यालयले आर्थिक सहयोग उपलब्ध गराएको गोरखा युनाईटेड पब्लिक स्कूलका प्रशासन प्रमुख कर्ण बस्नेत बताउँछन् ।
कोरोना भाईरस संक्रमण हुन नदिन लागु गरिएको लकडाउनका कारण समस्यामा परेका निम्न वर्गीय ब्यक्तिहरुको सहयोगार्थ विद्यालयले आर्थिक सहयोग उपलब्ध गराएको बस्नेतले बताए । विपद्को समयमा आ–आफ्नो ठाँउबाट सहयोग गर्न उनले सबैलाई आग्रह समेत गरेका छन ।