सुर्खेत: विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको रोकथाम नियन्त्रण गर्नका लागि कर्णाली प्रदेश सरकारले स्थापना गरेको प्रदेश विपद व्यवस्थापन कोषमा बौद्ध ग्रामीण बहुउद्देश्यीय सहकारी संस्था वीरेन्द्रनगर सुर्खेतले २५ लाख रुपैयाँ सहयोग गरेको छ ।
हामीले महामारीकोरुपमा फैलिरहेको कोरोना संक्रमणको रोकथामका लागि प्रदेश सरकारले स्थापना गरेको विपद कोषमा २५ लाख सहयोग रकम जम्मा गरेका छौ साथै हामीले हाम्रो सहकारी रहेको स्थानीय ९ नम्बर वडा कार्यालयलाई पनि स्थानीय स्तरमा १ लाख रुपैयाँ सहयोग गरेका छौं ।
यस्तो विपदको घडीमा सहयोग गर्न पाउनु नै महत्वपूर्ण रहेको संस्थाका कार्यकारी प्रमुख विशाल केसीले बताए ।
कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला तथा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमलाको स्थितिमा आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीलाई संस्थाका उपाध्यक्ष सिंहबहादुर गुरुङ्ग सहयोग रकमको चेक हस्तान्तरण गरे ।
कार्यक्रममा संस्थाका सचिव पासाङ्ग महतराले सहकारी प्रदान गरेको सहयोग रकमले सरकारको कोरोना भाईरस रोकथाम तथा नियन्त्रणको प्रयासमा सहयोग पु¥याउन थोरै भएपनि सहयोग पुग्ने विश्वास व्यक्त गरे ।