खजुरामा स्वास्थ स्वयंसेबिका परिचालन


खजुरामा स्वास्थ स्वयंसेबिका परिचालन

खजुरा(बाँके):बाँकेको खजुरा गाउँपालिकले कोरोना विरुद्धको अभियानका लागि खजुराका ८ वटै वडाका स्वास्थ स्वयंसेबिका परिचालन गर्न लागेको छ ।

खजुरामा रहेका १०८ जना स्वयंसेबिकालाई भोलिदेखी परिचालन गर्न लागिएको खजुरा गाउँ पलिका प्रमुख किस्मत कुमार कक्षपतिले जानकारी दिए ।
त्यसको लागि आज वडा वडामा पुगेर उनीहरूलाई परामर्श दिइएको खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले बताए । घर–घरमा पुगेर उनीहरूले विवरण संकलन गर्नेछन् ।

Kanti Aarogya Hospital Nepalgunj

सबै वडामा पुगेर उनीहरूलाई प्रमुख प्रशासकीय अधिकृत केसी, स्वास्थ शाखा प्रमुख पूर्णबहादुर खड्का, नर्सिङ अधिकृत लक्ष्मी केसी ओलीले प्रशिक्षण दिइन ।

भारत तथा बिदेशबाट आएका, क्वरेन्टिनमा बसेका र खजुराका हरेक घरमा रहेका नागरिकको अवस्थाबारे विवरण संकलन गर्नेछन् ।