बाँकेमा दुईजनाको ‘आरडीटी’ नतिजा नेगेटिभ


बाँकेमा दुईजनाको ‘आरडीटी’ नतिजा नेगेटिभ

नेपालगन्ज: बाँकेमा पहिलोपटक कोरोना भाइरस संक्रमणको -यापिड टेस्ट गर्दा दुईजनाको नतिजा नेगेटिभ भेटिएकोछ । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले शुक्रबारदेखि जिल्लामा पहिलोपटक -यापिड टेस्ट शुरु गरेकोहो ।

क्वारेन्टिनमा रहेका ब्यक्तिको नमूना संकलन गरि -यापिड डाइग्नोस्टिक किट (आरडीटी) मार्फत कोरोना परीक्षण गर्दा उनीहरुको नतिजा नेगेटिभ देखिएको छ । -यापिड टेस्ट गर्दा क्वारेन्टिनमा रही १४ दिन पुरा गरेकाहरुलाई क्वारेन्टाईन स्थलमै किट सहितको विशेषज्ञ टोलीले परीक्षण गर्ने प्रक्रिया नै -यापिड टेस्ट हो ।

Kanti Aarogya Hospital Nepalgunj

यसरी -यापिड टेस्टबाट नेगेटिभ नतिजा आउनेहरु घर जान पाउँछन् तर, उनीहरुले आफ्नै घर मै थप ७ दिनसम्म नियमानुसार होम क्वारेन्टिनमा बस्नु पर्ने हुन्छ । भने पोजेटिभ नतिजा आएमा नीजलाई थप क्वारेन्टिन मै राखी पुनः आरडीटी प्रबिधीबाट यकिन जाँच गर्न ‘थ्रोट स्वाव’ नमुना निकाली प्रदेश जनस्वास्थ्य प्रयोगशाला बुटवल पठाइन्छ ।

बाँकेबाट हालसम्म ७० जनाको ‘थ्रोट स्वाव’ संकलन गरी कोरोना परीक्षणका लागि पठाईएको छ । जसमध्ये शुक्रबार बिहान ७ बजेसम्म ६४ जनाको रिपोर्ट ‘नेगेटिभ’ आएको छ । भने अन्य ६ जनाको रिपोर्ट आउन बाँकी छ । हाल बाँकेमा पाँच सय थान -यापिड डाइग्नोस्टिक किट (आरडीटी) छ ।