नेपालगन्जमा फाल्गुन १६ गते शिव साधना शिविर


नेपालगन्जमा फाल्गुन १६ गते शिव साधना शिविर

नेपालगन्ज : आगामी फागुन १६ गतेदेखि नेपालगन्जमा चौथो शिव साधना शिविरको आयोजना हुनेभएकोछ । ५ दिने सम्म सञ्चालन हुने सो शिव साधना शिविरको यतिवेला आयोजकले तिव्र तयारी गरिरहेकोछ ।

पिण्डेश्वर शिवलक्ष्मी धाम तुल्सीपुर र चौथो शिव साधना आयोजक समिति नेपालगन्जद्वारा उक्त शिविर नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१०, भृकुटीनगरमा आयोजना हुने समितिका संयोजक हरि सुवेदीले जानकारी दिए । शिविरमा सवा करोड बत्ती बाल्ने, साधना गर्ने तथा स्वास्थ्य उपचार लगायतका कार्यक्रम गरिने संयोजक सुवेदीले बताए । मदन बाबाद्वारा दिइने प्रवचनसँगै शिविरमा विभिन्न रोगका विरामीले स्वास्थ्य लाभ लिन सक्नेछन् ।

शिविर अवधिभर एक हजार साधक साधिकाको सहभागिता रहनेछ । सभ्य र भव्यरुपमा शिविर सञ्चालनका लागि आयोजकले विभिन्न ९ वटा उपसमिति निर्माण गरि आफ्नो कार्यलाई निरन्तरता दिएको सञ्चार संयोजक ओवीराज आचार्यले बताए । साधनामा सहभागी हुने व्यक्तिबाट न्यूनतम शुल्क र विभिन्न दाताको सहयोगमा शिविर सञ्चालन गरिने आयोजकले जनाएको छ ।