नेपालगन्ज: बाँकेमा हालसम्म परीक्षणका लागि पठाइएका व्यक्तिहरुको थ्रोट स्वाब नमूनाको रिर्पोट ‘नेगेटिभ’ आएको छ ।
बाँकेको आठवटै स्थानीय तहमा रहेको अस्थायी क्वारेन्टिनबाट ७० जनाको थ्रोट स्वाब नमूना संकलन गरी परीक्षणका लागि पठाइएको थियो ।
यसरी यी क्वारेन्टिनबाट पठाइएका नमुना परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएकोछ । यद्यपी नेगेटिभ रिपोर्ट आएसगैं बाँके कोरोना भाइरस संक्रमणको जोखिम भने उच्च छ ।
बाँकेको आठ वटै स्थानीय तहमा निर्माणमा गरिएको क्वारेन्टिनमा सात सय ४० बेड रहेकाछन् । भने उक्त क्वारेन्टिनमा हालसम्म चार सय ८९ व्यक्तिहरुलाई राखिएको छ । जसमध्ये ४६ महिला र ४ सय ४३ पुरुष रहेका छन् ।
थ्रोट स्वाब परीक्षणका लागि नेपालगन्ज महेन्द्र बहुमुखी क्याम्पस, भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज नेपालगन्ज तथा कोहलपुर, आर्मी अस्पताल र दशगजा क्षेत्रमा निर्माण गरिएको अस्थायी क्वारेन्टिनमा राखिएका व्यक्तिहरुको परीक्षण गरिएको हो ।