डिजे सन्तोषको ‘जिन्दगानी ए लै लै...’ सार्वजनिक (भिडियो सहित)


डिजे सन्तोषको ‘जिन्दगानी ए लै लै...’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं: नेपाली सांगेतिक बजारमा एक समय थियो जुनवेला रिमिक्स गरिएका गीतहरुको दवदवा थियो । त्यतीबेला धेरै जनाले डिजेका रुपमा उदाय । त्यहि भीडमा एउटा फरक डिजेको उदय भयो । जुन थिए पश्चिम नेपाल सुर्खेतका यूवा सन्तोष सुबेदी ।

डिजे सन्तोषको पहिलो रिमिक्स गित ‘चियाबारीमा हो चियाबारी’ यो गीतले निक्कै नै चर्चा पायो । चाहे जुनसुकै पार्टी हो यो गीत नबजेको ठाँउ नै हुन्थेन । अझ देउसी भैलोमा यो गीतमा नृत्य गर्ने सवैको पहिलो रोजाई नै हुनेगर्दथ्यो । हुनत सन्तोषले आफ्नो पहिलो एकल एल्बम ननिकालेको त होइन । तर, जब डिजे क्षेत्रमा सन्तोषको पाइला अघि बढ्यो अनी चर्चाको शिखर कहिले कम भएन ।

डिजे सन्तोषले आफूले बनाएका गीतहरुमा आफैले स्वरसमेत दिएकाछन् । प्राविधिक पक्षलाई सँधै बलियो बनाउन कुनै कमी हुन नदिने उनी बताउँछन् ।

धेरै सयमपछि उही डिजे सन्तोषले अहिले आफ्नो एल्बम् ‘एडिक्सन–२’ को गित ‘जिन्दगानी ए लै लै...’ बोलको रिजा उप्रेती र स्वयम् आफ्नो स्वर रहेको गीतको युट्यूवमार्फत भिडियो सार्वजनिक गरेकाछन् ।

Kids Festival 2022
kanti aarogya hospital

अधिकान्स दृश्य सुर्खेतकै रहेको गीतमा कोरियग्राफी सुर्खेतकै चर्चित नृत्यङ्गना तासा (सिता) भण्डारीले गरेकी छन् भने प्रोडक्सन डिजाइनरमा निर्मल प्याकुरेल छन् । यस्तै कार्यकारी निर्मातामा सुर्खेतकै रेशम कुमार र मानव जङ्ग शाह रहेकाछन् ।

यो गीतको भिडियोले अहिलेको यो समयमा पक्कै पनि केही रमाइलोपन दिनेछ भन्ने विश्वास लिएको डिजे सन्तोषले लिएको बताउँछन् ।