अस्पताल सञ्चालनका लागि आवश्यक सामाग्री माग


अस्पताल सञ्चालनका लागि आवश्यक सामाग्री माग

खजुरा(बाँके) : प्रस्तावित लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरीको अध्यक्षतामा बसेको बैठकले कोरोना विशेष आइसोलेसन अस्पताल खजुरामा सञ्चालनका लागि आवश्यक सामाग्री माग गर्ने निर्णय गरेको छ ।

कोरोना विशेष आइसोलेसन अस्पताल सञ्चालन समितिको बैठकले खजुरामा तयार भएको ४९ वेडको अस्पताल सञ्चालनका लागि आवश्यक सबै सामाग्री माग गर्ने निर्णय गरेको हो ।

बैठकपछि जानकारी दिँदै खजुरा गाउँपालिका प्रमुख तथा आवास, भोजन तथा यातायात व्यवस्थापन समितिका संयोजक किस्मत कुमार कक्षपतिले अस्पताल संचालनका लागि थप स्वास्थ्य सामाग्री, औजार, उपकरण तथा उपचारमा खटिने स्वास्थ्यकर्मीको व्यवस्थापनका लागि आवश्यक रकम सामाजिक विकास मन्त्रालयसंग माग गर्ने निर्णय गरेको बताए ।

आइसोलेसनमा रहने बिरामी, उपचारमा संलग्न स्वास्थ्यकर्मीको लागि वास, खाना तथा यातायात, अस्पताल संचालन प्रशासनिक खर्च, जेनेरेटर, पीपीईलगायत विविध खर्चको लागि माग गरिने कोरोना विशेष आइसोलेसन अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य डाक्टर बद्री चापागाईंले जानकारी दिए ।

Kanti Aarogya Hospital Nepalgunj

बैठकमा बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का, समितिका संयोजक डाक्टर प्रकाश थापा, डाक्टर सुरेश कनोडिया, आवास, भोजन तथा यातायात समितिका सदस्य भीम ओली लगायतको सहभागिता थियो ।