कोरोना आशंकामा एक पुरूष भीम अस्पतालको आइसोलेसनमा राखियो


कोरोना आशंकामा एक पुरूष भीम अस्पतालको आइसोलेसनमा राखियो

बुटवल:प्रस्तावित लुम्बिनि प्रदेशको भैरहवा स्थित भीम अस्पतालमा कोरोना भाइरसको आशंकामा एक पुरूषलाई भर्ना गरिएको छ ।

भीम अस्पतालमा भर्ना गरिएका ५८ वर्षीय एक पुरुषलाई करिब १२ दिनदेखि ज्वरो आउने र केही दिनदेखि खोकी, सास फेर्न ग्राहो हुने तथा पखाला लागेपछि आइसोलेसन कक्षमा राखिएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

मायादेवी गाउँपालिका १ का ५८ वर्षका ती पुरुषमा सोमबार बिहान स्वास्थ्य परीक्षण गराउन अस्पताल आएका उनलाई ज्वरो जाँच क्लिनिकमा परीक्षण गरेपश्चात कोरोना भाइरससंग मिल्दोजुल्दो लक्षण देखिएपछि आइसोलेसन कक्षमा राखेर उपचार भइरहेको छ ।