राप्ती गणेश कन्स्ट्रक्सनद्वारा स्वास्थ्य सामाग्री सहयोग


राप्ती गणेश कन्स्ट्रक्सनद्वारा स्वास्थ्य सामाग्री सहयोग

नेपालगन्ज: कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै राप्ती गणेश कन्स्ट्रक्सनले स्वास्थ्य सामाग्री सहयोग गरेकोछ ।

राप्ती गणेश कन्स्ट्रक्सनका सञ्चालक ओम नारायण शाहले २० हजार बराबरको उक्त स्वास्थ्य सामाग्री सहयोग गरेका हुन् ।

Kanti Aarogya Hospital Nepalgunj

उच्च अदालत तुल्सीपुर ईजलास नेपालगन्ज, बाँके जिल्ला अदालत र सरकारी वकिलको कार्यालयमा सोव लिन आउने आम नागरिकलाई ग्लोब्स, माक्स तथा सेनिटाईजर उपलब्ध गराइएको सञ्चालक शाहले जानकारी दिए ।

कोरोना भाइरस संक्रमणको जोखिम बढिरहेको अवस्थामा उक्त कार्यालयमा सेवा लिन आउने आम नागरिकलाई सहयोग पु¥याउने उद्देश्यका साथ अधिवक्ताद्वय बलबहादुर चन्द र विशवजित तिवारीको पहलमा राप्ती गणेश कन्स्ट्रक्सनका सञ्चालक ओमनारायण शाहले सहयोग गरेको बताए ।