दैलेखः यहाँका ११ स्थानीय तहले चार करोडको विपत् कोष खडा गरेका छन् ।
कोभिड–१९ को रोकथाम तथा उपचारको तयारीको लागि औषधि, खाद्यान्नलगायतका सामग्री खरीद गर्न ती उनीहरूले सो रकम जुटाएका हुन् ।
आठबीस नगरपालिकाले ७९ लाख, नारायण नगरपालिकाले ३० लाख, दुल्लू नगरपालिकाले ६३ लाख, चामुण्डा बिन्द्रासैनी नगरपालिकाले ५० लाख रकम सो कोषमा जम्मा गरिसकेका छन् ।
त्यस्तै नौमूले गाउँपालिकाले १० लाख, डुगेश्वर गाउँपालिकाले २५ लाख, भगवतीमाई गाउँपालिकाले ३० लाख, महावु गाउँपालिकाले ५० लाख, भैरवी गाउँपालिकाले १९ लाख, गुराँस गाउँपालिकाले ३० लाख रकम कोषमा जम्मा गरेका छन् । -रासस