नेपालगन्जलाई २५ लाख दिने निर्णय


नेपालगन्जलाई २५ लाख दिने निर्णय

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकामा कोरोना भाइरस विरुद्धको कोषका लागि २५ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरिएकोछ ।

प्रस्तावित लुम्बिनी प्रदेश सरकारले कोरोना विशेष अनुदान अन्र्तगत उक्त रकम नेपालगन्जलाई दिने निर्णय गरेको हो ।

प्रदेशको मन्त्री परिषद्को बुधवार बसेको बैठकले स्थानीय तहलाई कोरोना विशेष अनुदान दिने निर्णय गरेसगैं नेपालगन्जलाई सबैभन्दा बढी अनुदान दिने निर्णय गरेको बुझिएकोछ ।

प्रदेशभरका १ सय ९ स्थानीय तह रहेको प्रस्तावित लुम्बिनी प्रदेशमा १३ करोड स्थानीय तहलाई र जिल्ला समन्वय समितिलाई ६० लाख गरी १३ करोड ६० लाख रुपैयाँ बजेट छुट्याइएकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

यसअघि मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेशस्थित सबै जिल्ला, स्थानीय तहका प्रमुखसँग विभिन्न चरणमा भिडियो कन्फ्रेन्ससमेत गरेका थिए ।

मुख्यमन्त्री कार्यालयका प्रेस सल्लाहकार शेर बहादुर केसीका अनुसार, बुटवल, घोराही र तुलसीपुर उपमहानगरपालिकालाई २० लाख रुपैयाँका दरले रकम दिने निर्णय गरिएको छ ।