बाँकेबाट कोरोना आशंकित १५ जनाको नमुना भैरहवा पठाइयो


बाँकेबाट कोरोना आशंकित १५ जनाको नमुना भैरहवा पठाइयो

नेपालगन्ज: बाँके जिल्लाका विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत रहेका कोरोना भाइरस आशंकित १५ व्यक्तिहरुको ‘थ्रोट स्वाब’ परीक्षणका लागि बुधबार नमुना संकलन गरि भैरहवा पठाइएको छ ।

नेपालगन्जस्थित भेरी अस्पतालबाट तीन, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जबाट आठ र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरबाट चार गरि जम्मा १५ जनाको ‘स्वाब’ परीक्षण गर्नका लागि प्रस्तावित लुम्बिनी प्रदेश प्रयोगशाला भैरहवा पठाइएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

हालसम्म बाँकेका विभिन्न अस्पताल र विभिन्न क्वारेन्टिनबाट गरि २ सय ७९ जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।

कोरोना भाइरस आशंकितको स्वास्थ्य परीक्षण गरिएका सबैको नतिजा ‘नेगेटिभ’ आएको छ । ‘पिसिआर’ बिधिबाट ७६ र ‘-यापिड’ बिधिबाट २ सय ३ जनाको स्वास्थ्य परीक्षण गरिएको र सबैको नतिजा ‘नेगेटिभ’ आएको फोकल पर्सन श्रेष्ठले बताए ।