कोरोना परीक्षण गराउन भेरीमा आउनुहोस्


कोरोना परीक्षण गराउन भेरीमा आउनुहोस्

भेरीमा कोरोना भाइरस जाँचका लागि तयार पारिएको ल्याब । तस्विर सौजन्यः मेसु डाक्टर प्रकाशबहादुर थापा

नेपालगन्ज : के तपाईलाई नियमित उच्च ज्वोरो आएकोछ ? के तपाईलाई तारन्तार सुख्खा खोकी लागिरहेकोछ ? के तपाईलाई स्वासप्रस्वास सम्बन्धि समस्या वा स्वास लिन गाह्रो भइरहेकोछ ? के तपाईलाई रुघाखोकी, पातलो दिशा हुनुका साथै कमजोरी महसुस गरिरहनु भएकोछ ? के तपाईलाई कोरोना भाइरससंग मिल्दोजुल्दो लक्षण देखिएकोछ ? वा माथि भनिएको कुनैपनि लक्षण देखिएको छ भने न आत्तिनुहोस् । ढुक्कसंग बस्नुहोस्, सावधानी अपनाउनुहोस् । विश्वब्यापी महामारि बनेको कोरोना भाइरस भए नभएको पत्ता गर्न नेपालगन्ज स्थित भेरि अस्पतालमा आउनुहोस् ।

भेरी अस्पतालले छुट्टै ल्याब तयार गरि बाँकेमै कोरोना भाइरस संक्रमण भए नभएको पत्ता लगाइरहेकोछ । कोरोना भाइरस संक्रमण जाँचका लागि प्रयोग हुने मेसिन पीसीआर भेरी अस्पताल नेपालगन्जमा सञ्चालनमा आएसगैं कोरोना भाइरसको जाँच हुन थालेकोछ ।

हिजो शनिबार दिनभर काठमाण्डौंबाट आएको प्राविधिक टोलीले गरेको प्रयासका कारण शनिबार बेलुकी ७ बजेबाट प्रयोगशाला सञ्चालनमा आएको थियो । कोरोना भाइरस जाँचका लागि प्रयोगशाला सञ्चालनमा आएसगैं आईतबार ८ वटा स्वाव परीक्षणका लागि भेरीको कोरोना भाइरस जाँच ल्याबमा आएको भेरी अस्पतालका मेसु डाक्टर प्रकाशबहादुर थापाले सेतोखरीलाई जानकारी दिए ।

मेसु डाक्टर थापाका अनुसार नेपालगन्जका विभिन्न क्वारेन्टिनमा रहेका ८ जनाको स्वाव परीक्षणका लागि ल्याइएको हो । अस्पतालका मेसु डाक्टर थापाका अनुसार कोरोना भाइरस संक्रमण जाँचका लागि ल्याब तयार भएपछि अब स्वाव परीक्षणका लागि बुटवल वा काठमाण्डौं पठाउनु पर्ने बाध्यता हटेकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

कोरोना भाइरस संक्रमणको जोखिमका बेला नेपालगन्जको भेरी अस्पतालमै जाँच हुनेभएपछि बाँके, बर्दिया लगायतका क्षेत्रका आम नागरिकलाई राहत हुनेछ । बाँकेका विभिन्न क्वारेन्टिनमा रहेका नागरिकको स्वास्थ्य परीक्षण गरिनुका साथै कोरोना भाइरस आशंकित ब्यक्तिको नेपालगन्जमै परीक्षण हुनेछ ।

मेसु डाक्टर थापाका अनुसार सुरुवातमा त्यती धेरै कामको चाप नभएपनि म्यानपावर बढाएर भएपनि कामलाई तिब्रता दिइनेछ ।पिसिआर मेशिनबाट कम्तिमा पनि एकदिनमा एक सय जनाको नमुना परीक्षण गरिनेछ ।

लामो प्रतिक्षपछि नेपालगन्जमा कोरोना जाँच मेशिन आइपुगेको हो । कोरोना भाइरस संक्रमण जाँचका लागि आएको मेशिन पीसिआर सञ्चालन भएलगत्तै क्वारेन्टिनमा मात्र नभइ यसक्षेत्रका अन्य कोरोना भाइरस आंशकित ब्यक्तिको समेत जाँच हुनेछ । कोराना भाईरस संक्रमण थाहा पाउन सजिलो र विश्वासिलो आधार भनेकै पीसिआर मेशिनबाट परीक्षण गरिनु हो ।