उदयपुरको मस्जिदमा रहेका अर्का ब्यक्तिमा कोरोना पुष्टि

कोरोना आशंकामा ८ हजार बढी नमुना परीक्षण


उदयपुरको मस्जिदमा रहेका अर्का ब्यक्तिमा कोरोना पुष्टि

File Photo

नेपालगन्जः उदयपुरको मस्जिदमा रहेका एकजनामा कोरोना पोजेटिभ पाइएकोछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनी ३३ वर्षका पुरुष हुन् ।

यसअघि उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १६ जनामध्ये १३ जनामा कोरोना देखिएपछि सो क्षेत्रका ३ सय २० जनाको नमुना स्वाब परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । त्यहीँ मध्ये आज एकजनामा कोरोना संक्रमण देखिएको हो ।

योसगैं नेपालमा कोरोना भाइरस संक्रमित संख्या ३२ पुगेकोछ । यस्तै आजै उदयपुरका १३ संक्रमितसँग सम्पर्कमा आएका ८ जनामा पनि कोरोना पोजेटिभ देखिएको छ । उनीहरुको विराटनगरको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा पोजेटिभ देखिएपछि थप परीक्षण गर्न धरान पठाइएको छ ।

यस्तै नेपालमा हालसम्म पीसीआर विधिबाट कोरोना भाइरसको आशंकामा ८ हजार ७ सय ६३ जनाको नमुना संकलन गरेर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

मन्त्रालयले मंगलबार गरेको प्रेस ब्रिफिङ्मा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले गत २४ घण्टामा तीन सय ३३ जनाको कोरोना भाइरसको आशंकामा नमुना परीक्षण गरिएको जानकारी दिए । यस्तै हालसम्म आरडीटी परीक्षण २७ हजार ९ सय ५६ जनाको कोरोनाको आशंकामा नमुना परीक्षण गरिएको छ ।

देशभर रहेका क्वारेन्टिनमा हालसम्म ७ हजार ६७ जना रहेकेछन् । त्यस्तै देशभरका अस्पतालको आइसोलेसनमा १ सय ७ जना रहेका छन् । जसमा काठमाडौं उपत्यक अस्पतालमा ६ जना र उपत्यका बाहिर १ सय १ जना उपचाररत रहेका छन् ।