मजदूरलाई खाद्यान्न सहयोग


मजदूरलाई खाद्यान्न सहयोग

कोहलपुर: बाँकेको कोहलपुर क्षेत्रमा रहेका मजदूरका लागि खाद्यान्न सहयोग गरिएकोछ । नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगर समितिका पदाधिकारीहरुले कोहलपुर क्षेभित्र रहेका मजदूरहरुलाई खाद्यान्न उपलब्ध गराएका हुन् ।

कोभिड–१९ का कारण सरकारले लगाएको लकडाउनमा अलपत्र तथा समस्यामा परेका मजदूरलाई राहत स्वरुप उक्त खाद्यान्न सहयोग गरिएको हो ।

बन्दाबन्दीका बिच यतिबेला देशभरका उद्योग कलकारखाना ठप्प छन् । महासंघको कार्यसमितिमा आवद्ध पदाधिकारीहरुको ब्यक्तिगत सहयोगमा कोहलपुरक्षेत्रका ६० जना मजदूरहरुलाई उनीहरुको उद्योगमै पुगेर खाद्यान्न उपलब्ध गराईएको महासंघ कोहलपुर समितिका अध्यक्ष हेमबिक्रम जिसीले जानकारी दिए ।

दैनिक ज्यालादारी तथा मजदूरी गरि जिविको पार्जन गर्ने मजदूरको समस्या समाधान गर्न मजदूरहरुलाई राहत स्वरुप खाद्यान्न उपलब्ध गराईएको नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगर समितिका महासचिव सिएम उपाध्याय बताँउछन् ।

यसअघि नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगर समिति एवं महिला उद्यमी समितिले कोहलपुर नगरपालिकालाई ३० हजार सहयोग उपलब्ध गराएको थियो । कोहलपुर नगरपालिकाभित्रका १५ वटै वडामा वडाका प्रतिनिधिहरुको रोहबरमा उक्त खाद्यान्न वितरण गरिएको थियो ।