दलित संघद्वारा गाँउपालिकालाई सहयोग


दलित संघद्वारा गाँउपालिकालाई सहयोग

सहयोग रकम प्रदान गर्दै संघका अध्यक्ष कृष्ण विक तथा सदस्य तोजिन्द्र बहादुर विक । तस्विर सेतोखरी

नेपालगन्ज : कोरोना भाइरस संक्रमणका कारण सरकारले लगाएको लकडाउन र सामाजिक दूरीका कारण आम नागरिकको जनजिवन अस्तब्यस्त भएकोछ ।

कोरोना भाइरस संक्रमणका कारण जनजीवन सामान्य नबन्दा अति विपन्न परिवारका लागि राहत पुगोस् भन्ने उद्देश्यका साथ दलित सेवा संघ बाँकेले दश हजार नगद सहयोग प्रदान गरेकोछ ।

संघले नरैनापुर गाँउपालिकाका अध्यक्ष तथा कार्यकारी अधिकृतलाई भेटी उक्त रकम प्रदान गरेको हो । संघद्वारा प्रदान गरिएको उक्त रकम ग्रहण गर्दै नरैनापुर गाँउपालिका अध्यक्ष इस्तियाक शाहले प्राप्त रकमलाई लक्षितवर्गमै खर्चिने बताए । उनले – कोरोना भाइरसका कारण सरकारले लगाएको बन्दाबन्दीमा सास्ती भोगिरहेका अतिविपन्न परिवारलाई गरिएको सयहोगले राहत हुने बताए ।

दलित सेवा संघ बाँकेका अध्यक्ष कृष्ण विक र सदस्य तोजिन्द्र बहादुर विकले उक्त सहयोग रकम संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।