File Photo
डुडुवा (बाँके): स्थानीय तहका गरीब, दैनिक ज्याला गर्ने तथा विपन्न परिवारका लागि राहत स्वरुप नगद सहयोग गरिएको छ । बाँकेका समाजसेबी केशवराम बर्माले बाँकेको डुडुवा गाउँपालिकालाई ११ हजार नगद सहयोग गरेका हुन् ।
बर्माले नगदको चेक मंगलबार गाउँपालिकाका योजना शाखा प्रमुख मानबहादुर बोगटीलाई हस्तान्तरण गरेका हुन् । गाउँपालिकाको विपत आकस्मिक कोषमा जम्मा गरिने रकमले विपन्न परिवारलाई गाउँपालिकाले रहत वितरण गर्ने अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए ।
उनका अनुसार गाउँपालिकाले प्रत्येक वडाबाट परिवारको लगत संकलन गरिसकिएकाले अब छिट्टै राहत वितरण शुरु गरिनेछ ।