बढी मुनाफा लिने लाईफ केयर सर्जिकललाई २ लाख जरिवाना


बढी मुनाफा लिने लाईफ केयर सर्जिकललाई २ लाख जरिवाना

नेपालगन्ज: उपभोक्ता झुक्याई बढी मूल्यमा इन्फा रेट थर्मामिटर बिक्रि बितरण गरेको आरोपमा धम्बोझीस्थित लाईफ केयर सर्जिकल नामक औषधी पसललाई दुई लाख रुपिया जरिवाना गरिएको छ ।

संयुक्त बजार अनुगमन टोलीले गरेको अनुगमनका क्रममा कानूनले तोके भन्दा बढी मुनाफा लिई इन्फा रेट थर्मा मिटर बेचेको पाईएपछि उपभोक्ता संरक्षण ऐन २०७५ को ३८ को खण्ड ९ ङ बमोजिमको कसुर गरेको देखिएकोले सोहि ऐनको दफा ३९ को उपदफा १ को खण्ड ९ ख बमोजिम जरिवाना गरिएको अनुगमन संलग्न उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रिय सदस्य वसन्त गोतमले जानकारी दिए । ६ हजारमा खरिद गरेको इन्फा रेट थर्मा मिटरलाई कालो बजारी गरि १० हजारसम्ममा बिक्रि बितरण गरेको पाईएको गौतमले बताए ।

Kanti Aarogya Hospital Nepalgunj

अनुगमन टोलीले उक्त सर्जिकल पसललाइ खरिद मूल्यमा अधिकतम बिस प्रतिशत भन्दा बढी मुनाफा नलिन बिक्रि गर्न र औषधी ब्यवस्था बिभागले सिफारिश गरेको मूल्य बढीमा सेनिटाईजर बिक्रि नगर्न आदेश दिएको बाणिज्य आपुर्ती तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेका निमित्त प्रमुख कृष्ण प्रसाद पौड्यालले बताए ।

अनुगमनमा बाणिज्य आपुर्ती तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेका निमित्त प्रमुख कृष्ण प्रसाद पौड्याल, उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रिय सदस्य वसन्त गोतम, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक हृदेश सापकोटा, प्रनानी पुर्ण बहादुर ओली, जिल्ला प्रशासन कार्यालयका बेदेश्वर गौतम, औषधी ब्यवस्था बिभाग नेपालगन्जका फार्मेसी सुपरभाईजर लोकेश गिरि, नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ अधिकृत गणेश कार्की लगायतको सहभागिता रहेको थियो ।