वडा सञ्जालको अध्यक्षमा थापा निर्वाचित


वडा सञ्जालको अध्यक्षमा थापा निर्वाचित

नेपालगन्जः वडा स्तरीय बालक्लब सञ्जालले आफ्नो प्रथम अधिवेशन सम्पन्न गरेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं. १० वडास्तरीय बालक्लब सञ्जालले प्रथम अधिवेशन गरेको हो ।


शनिबार गडेरियनपुर स्थित गणेश मन्दिरको सभाहलमा भएको अधिवेशनबाट १३ सदस्यीय कार्यसमिति चयन भएकोे छ । अधिवेशनबाट आदित्यसिंह थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको वडा सञ्जालका निर्वतमान अध्यक्ष ऋतिक शाहीले बताए ।


सर्वसम्मत रुपमा भएको अधिवेशनबाट उपध्यक्षमा प्रचारिका केसी, सचिवमा बसन्त बस्नेत, सहसचिवमा स्नेहा शर्मा, कोषाध्यक्षमा रवि कुमार गुप्तालाई चयन गरेको छ ।


यस्तै सदस्यहरुमा प्रविण मिश्र, भुपेन्द्र संजेल, मुस्कान शाहु, हिना शेष, अतित अधिकारी, स्नेहा शाह, कायनात शेष, स्नेहा वैश्य चयन भएको निर्वाचन समिति संयोजक एवं वडा सदस्य बसन्ता जोशीले बताइन् ।
वडा सञ्जालका निर्वतमान अध्यक्ष ऋतिक शाहीको अध्यक्षता भएको उक्त अधिवेशनमा प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष विन्दुभुषण बस्नेतले बालबालिकाको क्षेत्रमा योगदान पु¥याएबापत नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष एवं प्रदेश पाँचका सचिव शुक्रऋषी चौलागाईलाई सम्मान सहित कदरपत्र प्रदान गरिएको थियो ।
वडा अध्यक्ष बस्नेतले नव निर्वाचित पदाधिकारीहरुलाई बधाई दिँदै वडामा बालगतिविधीमार्फत पु¥याएको योगदानको प्रसंसा गरेकाथिए ।