कोहलपुर नगरपालिकालाई खाद्यान्न सहयोग


कोहलपुर नगरपालिकालाई खाद्यान्न सहयोग

कोहलपुरः बाँकेको कोहलपुर नगरपालिकालाई खाद्यान्न सहयोग गरिएकोछ । कोहलपुरका युवा तथा विद्यार्थीहरुको एक समुहले कोहलपुर नगरपालिकालाई २५ क्विन्टल चामल र ३ क्विन्टल दाल सहयोग गरेका हुन् ।

स्टाट फाउण्डेसन काठमाडौँको सहयोगमा कोहलपुरका युवा तथा विद्यार्थीहरुको उक्त समुहले आज खाद्यान्न सहयोग गरेको विद्यार्थी राजेन्द्र विष्टले बताए । उनका अनुसार कोहलपुर नगर भित्र बसोबास गर्ने अतिबिपन्न परिवारकालागि भन्दै सहयोग गरिएको हो ।

सहयोग खाद्यान्न बुझ्दै कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले उक्त खाद्यान्न लक्षितवर्गलाई वितरण गर्ने विश्वास दिए ।

अनेरास्ववियुमा आवद्ध युवा बिद्यार्थी लक्ष्मण मानव, गीता शाही, टोपराज जैसी, महेश बस्नेत, दिपेन्द्र शाही लगायतको पहलमा सो खाद्यान्न कोहलपुर नगरपालिकालाई बुझाईएको हो ।