पत्रकारलाई स्वास्थ्य सामाग्री वितरण


पत्रकारलाई स्वास्थ्य सामाग्री वितरण

नेपालगन्ज: नेपाल प्रेस युनियन बाँके शाखा र गोल्डेन एज अनलाई प्रालीले बाँकेका क्रियाशिल पत्रकारलाई माक्स, स्यानिटाइजर र ग्लोब्स वितरण गरेकोछ ।

कोरोना भाइरस संक्रमणको जोखिमा सरकारले लगाएको लकडाउनका कारण सिर्जित असहज परिस्थितीमा पनि जनतालाई सुसूचित गर्न अहोरात्र खट्ने बाँकेका क्रियाशिल पत्रकारलाई उक्त स्वास्थ्य सामाग्री प्रदान गरिएको हो ।

बाँकेमा रहेर टेलिभिजन, एफएम, रेडियो, अनलाईन तथा पत्रपत्रिकामा क्रियाशिल ७० जना पत्रकारलाई प्रति ब्यक्ति एक थान ह्याण्ड स्यानिटाईजर, ४ थान सर्जिकल माक्स, दुई थान ग्लोब्स गरि २० हजार रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री वितरण गरेको गोल्डेन एज अनलाईन प्रालिका अध्यक्ष जयसिंह केसीले जानकारी दिए ।

उनले कोरोना भाइरस संक्रमणको जोखिममा समाचार रिर्पोटिङ्गमा हिड्ने पत्रकारलाई सहयोग पुगोस भन्ने उद्देश्यका साथ उक्त स्वास्थ्य सामाग्री प्रदान गरिएको बताए ।

Kanti Aarogya Hospital Nepalgunj

नेपाल प्रेस युनियनका उपमहासचिव प्रेम केसी, प्रस्तावित लुम्बिनी प्रदेशका सचिव शुक्रऋषी चौलागाई, प्रेस युनियन बाँके शाखा अध्यक्ष अर्जुन ओली लगायतले उक्त सामाग्री वितरण गरेको थिए ।