तस्विर : कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत हाडजोर्नी, बाथ तथा नशा रोग विशेषज्ञ डाक्टर शुभ श्रेष्ठको फेसबुकबाट ।
नेपालगन्ज: हाडजोर्नी, बाथ तथा नशा रोग विशेषज्ञ डाक्टर शुभ श्रेष्ठले घरमै बसेर सेवा लिन अनुरोध गरेकाछन् । कोरोना भाइरस संक्रमणका कारण सरकारले लगाएको लकडाउनबाट सिर्जित असहज परिस्थितीमा आफू सुरक्षित हुदै घरबाटै स्वास्थ्य सेवा लिन आग्रह गरेकाछन् ।
कणाली प्रदेश अस्पताल, विरेन्द्रनगर सुर्खेतमा कार्यरत डाक्टर श्रेष्ठले स्वास्थ्य समस्या भएकालाई घरमै बसेर सेवा लिने व्यवस्था मिलाएका छन् । उनले स्वास्थ्य सेवा परामर्शका लागि घरमै बसेर चिकित्सकहरुसँग फोनबाट परामर्श लिन सकिने व्यवस्था मिलाएपछि प्रदेश अस्पताल सुर्खेतमा कार्यरत विशषेज्ञ चिकित्सकहरुले फोनबाटै स्वास्थ्य परामर्श दिन थालेका हुन ।
लकडाउनका कारण उपचारका लागि आउन नसक्ने जोकोहीले घरमै बसेर सम्बन्धित डाक्टरहरुसँग फोन गरेर परामर्श लिन सकिने छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशलाई लकडाउन गरेको छ । अस्पतालमा आपत्तकालिन सेवा बाहेक ओपिडी सेवा बन्द भएपछि स्वास्थ्य चेकजाँच गर्न अस्पताल आउने सहज वातावरण नभएकाले फोनबाटै भएपनि परामर्श दिन थालिएको डाक्टर श्रेष्ठले बताए ।
उनले भने–‘अहिले सामान्य बिरामी पर्दा अस्पताल आउँदा धेरै खर्च लाग्ने र सवारी साधान सहज रुपमा उपलब्ध नहुँदा झन् दुःख पाउने अवस्था भएकाले फोनबाटै सम्बन्धित डाक्टरसंग कुरा गराई सेवा दिन थालिएको बताए ।’
फोनबाट फरामर्श लिएर औषधि किनेर खान सकिनेछ उनले भने–‘अहिले कोरोना त्रास र बन्दाबन्दीका कारण अस्पताल आउन सहज वातावरण छैन । यस्तो अवस्थामा केही सजिलो होला भनेर हामीले स्वईच्छाले नै फोनबाट परामर्श दिन थालेका हौँ ।’
‘जहाँबाट पनि जति बेला पनि हामीलाई फोन गर्दा हुन्छ । सामान्य बिरामीका लागि धेरै खर्च गरेर अस्पताल नआउनुस् ।’ उनले सुझाए । उनका अनुसार यो समुहमा सर्जन विशेषज्ञ डाक्टर सोजन सापकोटा, मन रोग बिशेषज्ञ डाक्टर सुशिल समदर्शी, हाडजोर्नी, बाथ तथा नशा रोग विशेषज्ञ डाक्टर शुभ श्रेष्ठ, बाल रोग विशेषज्ञ डाक्टर प्रतिप पौडेल, फिजिसियन डाक्टर सञ्जिब भण्डारी र छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रभात सिंह राजपुतले फोनबाट सेवा दिइरहेका छन् ।
१) सर्जन विशेषज्ञ डा. सोजन सापकोटा
९८४१६५७४५२
२) मनरोग विशेषज्ञ डा. सुशिल समदर्शी
९८४१२८२६७४
३) हाडजोर्नी, बाथ तथा नशा रोग विशेषज्ञ डा. शुभ श्रेष्ठ
९८०२९७७५७६
४) बाल रोग विशेषज्ञ डा. प्रतिप पौडेल
९८०७३२०६७९
५) फजिसियन डा. सन्जिब भण्डारी
९८४०००१५००
६) छाला तथा यौन रोग विशेषज्ञ प्रभात सिंह राजपुत
९८६०१८४१४६