नयाँ संक्रमित फेला परेनन्


नयाँ संक्रमित फेला परेनन्

File Photo

नेपालगन्जः बिहीबार कोरोना भाइरसका नयाँ संक्रमित फेला नपरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङ्गमा बोल्दै मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले यस्तो बताएका हुन् ।

Kanti Aarogya Hospital Nepalgunj

डाक्टर देवकोटाका अनुसार हालसम्म नेपालमा १२ हजार ११ जनाको पीसीआर परीक्षण र ४६ हजार ८ सय ६० जनाको आरडीटी परीक्षण गरिसकिएको छ । पछिल्लो २४ घण्टामा १ हजार ६ सय ८२ जनाको परीक्षण भएको छ ।

हालसम्म नेपालमा ५७ जना संक्रमित फेला परेका छन् भने १६ जना स्वस्थ बनेर घर फर्किसकेका छन् । जसमध्ये ४१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयका प्रवक्ता डाक्टर देवकोटाले जानकारी दिए ।