जोलाहनपुर्वाका बालबालिकासहित ९० जनाको स्वाब संकल

कोरोना परीक्षण शुरु, संक्रमित बढ्न सक्ने


जोलाहनपुर्वाका बालबालिकासहित ९० जनाको स्वाब संकल

कोरोना पोजेटिभ ब्यक्तिको संम्पर्कमा आएका ब्यक्तिको स्वाब संकलन गरिदै ।

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ जोलाहनपुर्वा टोलका ९० जनाको स्वाब संकलन गरिएको छ । बाँके प्रशासनले शनिबारदेखि संक्रमित ६० वर्षिय बृद्धको सम्र्पकमा आएका र उनका परिवारका सदस्यहरुको स्वाब संकलन सुरु गरेको थियो ।

सो अन्र्तगत स्वास्थ्यकर्मीको टोलीले पहिलो दिन शनिबार नेपालगन्ज उपमहानगरपालिका महेन्द्रपार्क नजिक रहेको जोलाहनपुर्वा ९० जनाको स्वाब संकलन गरिएको छ । शनिबार बिहानैदेखी जोलाहनपुर्वामा स्वास्थ्य क्याम्प सञ्चालन गरी स्वाब संकलन गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

संक्रमितसँग सम्पर्कमा आएका बालबालिका लगायत उनको परिवारका सदस्य गरि शनिबार बेलुकासम्म ९० जनाको स्वाब संकलन भएको श्रेष्ठले जानकारी दिए ।

वडाप्रहरी कार्यालय नजिक गगनगन्जमा घर भएका ती संक्रमित ब्यक्ति महेन्द्रपार्क नजिक जोलाहनपुर्वामा रहेको मस्जिदमा सहायकको रुपमा काम गर्दथे । ती ब्यक्तिले नेपालगन्जकै मदरसामा समेत उर्दू, अरबीको ट्युशन पढाउने गरेको खुलेपछि अन्यलाई संक्रमणको जोखिम उच्च देखिएकाले यतिबेला सिङ्गो टोललाई नै क्वारेन्टिनका रुपमा रुपान्तरण गरिएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

स्वाव संकलन गरिएका मध्ये ८३ जनालाई जोलाहनपुर्वामै राखिएको र अन्य ७ जनालाई महेन्द्र बहुमुखी क्याम्पसमा बनाइएको अस्थायी क्वारेन्टिनमा पठाईएको फोकल पर्शन श्रेष्ठले बताए ।

कोरोना परीक्षण शुरु, संक्रमित बढ्न सक्ने

बाँके प्रशासनको सक्रियतामा कोरोना संक्रमित ब्यक्तिको परिवार र उनको सम्र्पकमा रहेका ब्यक्तिहरुको स्वाब संकलन सुरु गरेकोछ । शनिबार संकलन गरेको ९० जनाको स्वाबको परीक्षण शुरु गरिएको छ । उक्त स्वाबलाई भेरी अस्पतालमा रहेको कोरोना जाँच ल्याबबाट परीक्षण भइरहेको बुझिएकोछ । आजबाटै परीक्षण सुरु गरिएको उक्त स्वाबको नतिजा भने भोली बेलुकासम्म आइपुग्नेछ ।

योसगैं कोरोना भाइरस संक्रमितको संख्या नेपालगन्जमा बढ्नसक्ने चिकित्सकले बताएकाछन् । विशेषगरि संक्रमित ती बृद्धमा कुनै लक्षण नदेखिएकाले उनको प्रत्यक्ष सम्पर्कमा आएका ब्यक्तिहरु उच्च जोखिममा छन् ।

नेपालमा कोरोना भाइरस देखिएको चार महिना भन्दा बढि समय भइसक्दा पनि योबीच नेपालगन्जमा कोरोना संक्रमित देखिएको थिएन । हिजो शुक्रबार बाँकेको नेपालगन्ज स्थित एक मस्जिदमा रहेका ६० वर्षका ती बृद्धलाई कोरोना पोजेटिभ देखिएसगैं बाँके प्रशासनले उच्च सर्तकता अपनाउदै सम्भावित जोखिम नियन्त्रणमा उत्रिएको छ ।

प्रशासनको उच्च सर्तकताले शनिबारबाट संक्रमित ब्यक्तिको सम्पर्कमा आएका ब्यक्तिहरुको पहिचान गर्दै उनीहरुको स्वाब संकलन गरिएको छ । स्वाब परीक्षण पश्चात नेपालगन्जमा कोरोना भाईरस संक्रमितको संख्या बढ्ने सक्ने चिकित्सकले बताएकाछन् । लक्षणविनाको कोरोना पोजेटिभ ति बृद्धसंग सम्र्पकमा आएका ब्यक्तिहरुमा यतिबेला त्रासको वातावरण सिर्जना भएकोछ । यद्यपी संक्रमित ती बृद्ध सामान्य रहेको बुझिएकोछ ।

बाँके प्रशासनले स्वास्थ्यकर्मी सहित सुरक्षाकर्मीको उपस्थितीमा संक्रमित ब्यक्ति र उनको सम्पर्कमा आएका ब्यक्तिहरुको परीक्षणका लागि स्वाब संकलन गरिरहेकोछ ।

बाँकेका प्रहरी प्रवक्ता शिवबहादुर सिंहका अनुसार प्रारम्भिक अनुसन्धानमा ट्रेसिङ्ग गर्दा करिब ६५ जनाको पहिचान गरिएकोछ । भने बाँके प्रशासनले ती बृद्धको घरपरिवार सदस्य, मस्जिद तथा मदरसामा रहेका विद्यार्थीलाई उच्च निगरानीमा समेत राखेको जनाएकोछ ।

यता नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवलशम्शेर राणाले लकडाउनको पूर्ण पालना गर्दै घरमै सुरक्षित बस्न नगरबासीसमक्ष आग्रह गरेकाछन् ।