७५ जना स्वास्थ्यकर्मी क्वारेन्टिनमा


७५ जना स्वास्थ्यकर्मी क्वारेन्टिनमा

विराटनगर : कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका ७५ जना स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा राखिएकोछ । विराटनगरस्थित कोशी अस्पताल अन्तर्गत कोभिड १९ उपचार केन्द्रमा संक्रमितको उपचारमा खटिएका ७५ जना स्वास्थ्यकर्मी क्वारेन्टिनमा राखिएको हो ।

विराटनगर १० स्थित उक्त केन्द्र गत चैत्र २१ गतेबाट सञ्चालनमा आएपनि बैशाख ५ गतेदेखि कोरोना भाइरस संक्रमित व्यक्तिको भर्ना शुरु गरिएको थियो । त्यसयता हालसम्म केन्द्रमा ३१ जना संक्रमति रहेका छन् ।

उनीहरुको नियमित चेकजाँच तथा रेखदेखमा खटिएका चिकित्सक तथा नर्ससहित ७५ जना स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा राखिएको कोशी अस्पतालकी निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर संगीता मिश्राले जानकारी दिइन् । उनका अनुसार पहिलोपटक वैशाख ५ गते मध्यरातमा उदयपुरबाट १२ जना संक्रमित ल्याउदाँदेखि स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको थियो ।

त्यसयता हालसम्म केन्द्रमा प्रत्येक ६ दिनको अन्तरालमा २५ जनाको ३ वटा टोली प्रत्यक्ष रुपमा संक्रमतिको उपचारमा संलग्न रहदै आएको छ । उदयपुरबाट संक्रमित भर्नासँगै पहिलोसाता खटिएका चिकिस्तकहरुको सुरुवाती एकसाताको क्वारेन्टिन समयको गणना नहुने भएकाले दोस्रो साताबाट मात्र उनीहरुको क्वारेन्टिन समय जोडिने निमित्त सुपरिटेण्डेण्ट डाक्टर मिश्राको भनाइ छ ।

Kanti Aarogya Hospital Nepalgunj

यसबीच सो समय संक्रमितसँग प्रत्यक्षरुपमा अग्रपंक्तिमा खटिएका २८ जनाको स्वास्थ्यकर्मीको क्वारेन्टिनमा रहेको र अवस्था सामान्य रहेको उनले जानकारी दिइन् । यसक्रममा उनीहरुको शुक्रबार स्वाब नमूना परीक्षण गर्दा नेगेटिभ रिर्पोट आएको छ । उदयपुरबाट पहिलोचरणमा ल्याइएका १३ जना संक्रमितको समेत शुक्रबार रोजा (व्रत)पछि स्वाब संकलन गरिएको र रिपोर्टको नतिजा पर्खाइमा केन्द्र रहेको छ ।

पहिलोचरणमा संक्रमितसँग उपचारमा खटिएका स्वास्थ्यकर्मीको रिपोर्ट नेगेटिभ आए पनि सबैजना गएको १५ दिनदेखि होटलकै कोठाभित्र क्वारेिन्टनमा रहेका छन् । उनीहरुको अवस्था सामान्य रहे पनि सुरक्षाका लागि होटलबाहिर घरसम्म पनि नगएको डाक्टर दिपक सिग्देलले जानकारी दिए ।

यसक्रममा २४ घण्टाको एक सिफ्टमा ४ जना चिकित्सक रहने र दुइजना सिनियर चिकित्सक भने २४ घण्टा नै खटिएकाछन् । त्यसैगरि, पहिलो टोलीसँगै उपचारमा खटिएको ६ दिनपछि, दोस्रो २५ जनाको टोली केन्द्रमा खटिएको थियो र सो टोलीसमेत क्वारेन्टिनमा रहेको छ । निमित्त सुपरिटेण्डेण्ट डाक्टर मिश्रा भन्छिन्, ‘हालसम्म ५० जना होटलमा र तेस्रो चरणका २५ जना स्वास्थ्यकर्मी भने होटलको बसाईसँगै केन्द्रमा संक्रमितको उपचारमा खटिनुभएको छ ।’

तेस्रो चरणको टोलीको शनिबारबाट केन्द्रमा नियमित काममा रहदै आएका छन् । सबै स्वास्थ्यकर्मीको क्वारेन्टिन बसाईको समय पूरा भइ नसकेको बताएकी डाक्टर मिश्राले क्वारेन्टिनमा प्रक्रिया पूरा भएपछि सबैजना कोशी अस्पतालको नियमित कार्यमा फर्कने बताउँछिन् । चिकित्सकहरुलाई सेल्फ क्वारेन्टिनका क्रममा केन्द्रबाट करिब १ सय मिटरको दूरीमा रहेको एक होटलमा राखिएको छ ।